१ मंसिर २०८१ शनिबार
image/svg+xml
अन्य

सौराहामा हात्तीको वनभोज

सुमन घिमिरे

अध्यक्ष, क्षेत्रिय होटल संघ चितवन

१२ वैशाखको भुइँचालोपछि चितवनमा पर्यटनको अबस्था कस्तो छ?

भुकम्प पछि चितवनको पर्यटन एकदमै दयनिय अवस्थामा पुगेको थियो। गत वर्ष हामीकहाँ पर्यटक संख्या न्यून थियो। अहिले हामी पर्यटन व्यवसायी आशाबादी छौं। पर्यटक बढ्ने संभावना देखिएको छ।

सौराहामा दिनदिनै होटलमा लगानी बढ्दैछ। बेड संख्या बढे अनुसार पर्यटक बढाउन होटल संघ के गर्दै छ?

हो चितवन आउने पर्यटकको ९० प्रतिशत पर्यटक सौराहा आउँछन। अब हामी चितवनको राष्ट्रिय तथा अन्तरास्ट्रिय प्रचार प्रसारका साथै थप नयाँ कार्यक्रम ल्याउने छौं। नयाँ ढँगले चितवनको ब्राण्डिङ गर्नेछौं।

चितवन महँगो गन्तव्य भनिन्छ, आन्तरिक पर्यटनको हिस्सा कति छ?

खासै महँगो छैन, चितवन आउने पर्यटकमा ४० प्रतिशत नेपाली हुन्छन्, बाँकी बिदेशी। सन २०१७ मा आन्तरिक पर्यटक ५० प्रतिशत पुर्‍याउने लक्ष्य छ।  

प्याकेजमा घुम्नुका फाइदा के के छन्? दुई राते प्याकेजमा के के सुविधा हुन्छ?

प्याकेजमा घुम्दा के खाने, कहाँ सुत्ने, केके कार्यक्रम गर्ने त्यसबारे चिन्ता लिनु पर्दैन। दुई रात तीन दिनको प्याकेजमा २ लन्च, २ डिनर, २ ब्रेकफास्ट, हात्ती सफारी, डुँगा सयर, जंगल वाक, थारु साँस्कृतिक नाच र थारु गाउँ भ्रमणका साथै बासको सुविधा हुन्छ। त्यसका लागि सौराहामा प्रति व्यक्ति ५ हजार रुपैयाँदेखिको प्याकेज पाइन्छ।

हात्ती महोत्सव किन? १३ औं संस्करणसम्म आइपुग्दा महोत्सवका उपलब्धीलाई कसरी समिक्षा गर्नु हुन्छ?

हात्ती महोत्सव चितवनको पर्यटन प्रबर्धन गर्न गरिने महत्वपूर्ण कार्यक्रम हो। महोत्सवले पर्यटक बढाएको अनुभव छ। संसारभर चितवन हात्ती महोत्सवको चर्चा हुने गरेको छ।

यसपाली महोत्सवका मुख्य आकर्षण के के हुन्?

पुस ११ देखि १५ गतेसम्म सौराहामा हात्ती महोत्सव हुँदैछ। त्यसमा हात्ती पोलो, हात्तीको पिकनिक, हात्ती सुन्दरी प्रतियोगिता, हात्तीको सृङगार र हात्ती वाक लगायतका साथै साँस्कृतिक कार्यक्रम हुनेछ। पुस १२ गते हुने हात्तीको वनभोजमा हामी एकैपटक सय वटा हात्तीलाई लहरै राखेर मिठा मिठा खाना खुवाउँछौं। 

पहिला पहिला हात्ती दौड भन्नुहुन्थ्यो, अचेल महोत्सव भन्दैहुनुहुन्छ। अधिकारकर्मीहरुले हात्ती दौडको बिरोध गरेपछि तपाइँ परिमार्जित हुनु भएको हो?

सुरुमा हात्तीको एउटा मात्र खेलबाट महोत्सव सुरु गरिएको थियो। बिस्तारै हात्ती दौडसँगै हात्ती मैत्री अरु खेल पनि थप्दै गयौं। हात्तीका धेरै गतिविधि हुने भएकाले महोत्सव भनेका हौं। हामीले हात्तीमैत्री खेलमा ध्यान दिएका छौं।  

हात्ती दौडलाई परिमार्जन गरेर 'इलाफेन्ट फास्ट वाक' गराउनु अघि दौडबाट हात्ती समस्यामा परे या नपरेको अध्ययन गर्नु भयो कि भएन?

दौडमा हुन सक्ने हात्तीको सास्ती हेरेर परिमार्जन गरेका हौ। हामी महोत्सवमा हात्तीलाई कुनै पनि हिसाबले सास्ती दिँदैनौं।

पुस–माघको जाडोमा चितवन घुम्नुका फाइदा के के हुन्?

जाडो याम चितवन घुम्ने राम्रो समय हो। बिहान–बेलुका जाडो हुन्छ। दिउसो पारिलो घाम लाग्छ। जंगल सफारीमा धेरै जनावर देखिन्छ। जिप सफारी पनि राम्रो हुन्छ। 

प्रकाशित: ९ पुस २०७३ ०४:०५ शनिबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App