स्वामी आनन्द अर्हत
संसारका विभिन्न संस्कृति, समाज र धर्ममा पुनर्जन्मको चर्चा भएको पाइन्छ । पूर्वी गोलाद्र्धमा भएका सबै धर्मले पुनर्जन्मको सिद्धान्तलाई आधार मानेका छन् भने पश्चिमी गोलाद्र्धका इसाइ, इस्लाम र यहुदी धर्मले पुनर्जन्मलाई आंशिकरूपमा मान्छन् । जीवनमा गरेका राम्रा–नराम्रा कार्यबाट मृत्युपछि स्वर्ग र नर्कमा गइन्छ भनी यो जीवन मात्रै एक जीवन होइन भन्न खोजिएको पनि पाइन्छ । पश्चिमीजगत्का उच्च मननशील व्यक्तिहरू पाइथागोरस, प्लेटो, सुकरात, बेन्जामिन प््रmयांकलिन, हेनरी फोर्ड पुनर्जन्मको अदृश्य नियतिलाई मान्थे । ओशोले ७ सय वर्षअघि तिब्बतमा बोधिचित्तको उच्च स्थितिमा शरीर छोड्नुपरेको र निर्वाण प्राप्तिका लागि पुनः अर्को शरीर लिइ आएको उल्लेख गरेका छन् ।
यसपालिको तिब्बत यात्रामा विदेशी मित्रहरूले अवतारी लामाको पुनर्जन्म कसरी हुन्छ ? त्यसका मापदण्ड के हुन् ? खोज्ने आधार केके हुन्जस्ता गहन विषयमा प्रश्न उठाए । यो लेखको उद्देश्य विशुद्ध धार्मिक र सांस्कृतिक भएकाले कुनै बेला तिब्बतमा प्रयोग भएको एक परम्पराको रहस्यमय पहेलीको उल्लेख गर्न खोजिएको छ ।
मलाई सबै याद छ तिमीलाई केही याद छैन
हामी ऊर्जाको सूक्ष्म गति, विस्तार र रूपान्तरणको नियमलाई बुझ्न अक्षम छौँ या त साधारण तर्कमा पनि टिक्न नसक्ने गरी असंवेदनशील भएका छौँ । ऊर्जा रूपान्तरण मात्र हुन्छ यो कहिल्यै नष्ट हु“दैन भनी ऊर्जाका संरक्षणको नियम संसारभरी पढाइन्छ । तर, मानिसचाहि“ महाअपवाद भयो । श्वास गएपछि सकियो रे !
बोधिसत्वको उच्च स्थितिमा पुगेका व्यक्तिले आफ्नै इच्छाले निश्चित स्थान र निश्चित समयमा जन्म लिन सक्छ भन्ने तथ्य तिब्बतीमाझ नौलो कुरा होइन । यद्यपि, यो गहन रहस्यलाई सावधानी र सतर्कताका साथ पालना गरिन्छ । विश्वका लागि कल्पना र चमत्कारको विषय बनेको यो घटना अवतारी लामाहरूको पुनर्जन्मले सबैलाई यसबारे थप जान्ने उत्सुकता जगाइदिएको छ । हुन त पूर्वीय धारणामा यो खासै नौलो दर्शन होइन । हामी सबै नै अवतारी हौँ । तर, हामीलाई याद छैन । गीतामा भगवान् श्रीकृष्ण अर्जुनलाई ‘मैले यो ज्ञान सूर्य देवतालाई दिए“, उनले त्यही सत्य मनुलाई बताए । तर, बीचमा यो लोप भएकाले आज फेरि म तिमीलाई त्यही ज्ञान बताउँदैछु’ भन्दा ‘यो कसरी हुन सक्छ ? तपाईं त हिजो–अस्ति भर्खर जन्मनुभएको हो’ भन्दै अर्जुन शंकाले प्रश्न गर्छन् । भगवान्ले ‘तिम्रा र मेरा धेरै जन्म भइसके । तिमीलाई त्यो कुनै पनि याद छैन, तर मलाई सबै याद छ’ भन्ने सत्य उद्घाटित गर्छन् ।
बोधिसत्वको देहान्तरण
तिब्बतमा यस्ता चेतनाले आफ्नो भौतिक शरीर पूर्णतः नष्ट हुनुअघि नै आफ्नो भविष्यमा हुने पुनर्जन्मको इंगित गर्दै केही संकेत छोडेर जान्छन् । राष्ट्रको राजनीतिक, आर्थिक र सांस्कृतिक सबै स्रोत र व्यवस्थाले सयौँ वर्षदेखि पुरानो चेतनाको पुनर्जन्मको लागि सहयोग र समर्थन गरेको छ । यो रहस्यलाई आधिकारिकरूपले नया“ धार्मिक तथा प्रशासनिक शासक छान्ने माध्यमको रूपमा प्रयोग गरेकोले विश्वलाई यो काल्पनिक या बेबुझ लाग्नु स्वाभाविक हो ।
तिब्बतमा ७ वर्ष बसी दलाई लामाका शिक्षक हुन पुगेका हेन्रिख हेररले १४ औँ दलाई लामालाई उहा“ कसरी खोजिनु भयो भनेर सोधेका थिए रे । सानै भएकोले त्यसको याद आफूलाई स्पष्ट नभएको जवाफ दलाई लामाले दिएछन् । तर, त्यो खोजमा प्रत्यक्ष सम्मिलित भएका कुनै व्यक्तिलाई सोध्ने सल्लाह उनैबाट पाएपछि सो खोजको साक्षी रहेका तिब्बती सेना प्रमुख दजासा कुन्सान्ग्त्से हेररलाई दिएको निम्न विवरण चाख लाग्दो छ ।
तिब्बतमा १३औँ दलाई लामाले सन् १९३३ मा शरीर छोडे । उनले दिएको निर्देशअनुसार उनको शरीर पोताला दरबारमा दक्षिणतिर फर्काएर बसेको अवस्थामा राखिएको थियो । तर, केही समयपछि उनको टाउको पूर्व दिशातिर घुमेको पाइयो । यसबाट उनी ल्हासाबाट पूर्व दिशाको कुनै भागमा जन्मिनेछन् भन्ने प्रारम्भिक संकेत प्राप्त भयो । लामाहरू भेला भएर अरु जानकारी जम्मा गर्न राज्यका भविष्यवेत्ता (स्टेट ओरेकल) स“ग सम्पर्क राखे । उनी ध्यानको विशेष स्थितिमा पुगेर हातमा भएको सेतो खादालाई पूर्वी दिशातिर फुत्त फ्याँकिदिए । यसबाट दिशा त निक्र्योल भयो तर कुन ठाउ“मा पुनर्जन्म हुन्छ भन्ने खोज झन् कठिन थियो । त्यसको दुई वर्षसम्म कुनै संकेत प्राप्त भएन । दलाई लामाका सहयोगी रिम्पोचे सल्लाह लिन एक प्रख्यात ताल चोखोर गिये (ल्हामो लात्सो) को तीर्थ यात्रामा हिँडे । यो अण्डा आकारको तिब्बतको सबैभन्दा रहस्यमय पवित्र ताल हो । प्रार्थना र ध्यान गरेर यो तालमा हेर्दा भविष्यका अंशहरूको दृश्य यो तालको सतहमा देख्न सकिन्छ । ती सहयोगीले लामो प्रार्थना गरेर तालको नजिक आउँदा तीन तले सुनौलो छाना भएको गुम्बा र त्यसैको छेउमा चिनिया शैलीको चुच्चो छाना भएको एउटा किसानको घर र ‘आ’ ‘का’ र ‘मा’ तीन अक्षर टल्किएको देखे । ‘आ’ ले आम्दो प्रान्त, ‘का’ ले त्यही तीनतले कुमकुम गुम्बा जनाउँथ्यो । दिव्य निर्देश पाएकोमा धन्यभावले उनी ल्हासा फर्के र खोजका लागि अरु तयारी गर्न थाले । आफूलाई रक्षा गर्ने दैवी अधिकारी कोही नभएको महसुस गरेका तिब्बती जनताले यो कुरालाई चाखपूर्वक हेरिरहेका थिए । प्राप्त दैवी इशाराको आधारमा दिव्य शिशुको खोजीमा केही समूह बनाएर भिक्षुहरू पूर्वतिर लागे । उनीहरूले १३औं दलाई लामाले प्रयोग गरेका समाग्री साथमा लगेका थिए । त्यसमा रहेको यो घटनाका साक्षी सेना प्रमुख कुन्सान्ग्त्से क्येत्सांग रिम्पोचेको नेतृत्वमा रहेको समूहमा थिए जुन खोजीक्रममा चिनिया चिन्गाई प्रान्तको आम्दो जिल्लामा पुग्यो । त्यो प्रान्तमा धेरै गुम्बा छन् । तिब्बती लामा धर्मका सुधारक तथा गेलुक्पा शाखाका प्रवत्र्तक त्सोगखापा चौधौँ शताब्दीको मध्यमा त्यहीँ जन्मेका थिए ।
अवतार खोज्न हिँडेका समूहहरूले सम्भाव्य देखिने धेरै शिशु भेट्टाए पनि दिइएको बेहोरा र लक्षणका शिशु भने पाएका थिएनन् । एक किसिमको निराशा पनि छाइसकेको थियो । धेरै घुमेपछि अन्त्यमा तीनतले सुनौलो छाना भएको गुम्बा भेट्टाए । सहयोगीले देखेको त्यो गुम्बाछेउमा त्यस्तै घर पनि भेटियो । उत्साहित उनीहरूले अरुको ध्यान आफूमा खिचियोस्, खोजी कार्यमा बाधा नपुगोस् भनी आफ्ना सेवकहरूका कपडा लगाएर बसे । भेष बद्लेर लामा भिक्षुहरू घरमा पसे र पर्खेर बसे । दुई वर्षका बालक उनीहरूलाई देखेर कुद्दै ती बसेको ठाउँतिर आए र गाउनको फेरा समातेर १३औँ दलाई लामाले लगाउने मालालाई समातेर नहिच्किाइकन बच्चाले ‘सेरा लामा सेरा लामा’ भने । नोकरको भेषमा रहेका व्यक्तिलाई लामा भनेर चिन्दा उनी आश्चर्यमा परे ।
अझ ल्हासाको सेरा गुम्बाबाट आएको कुरा बच्चाले बताउँदा सबै अचम्ममा परे । त्यो माला लामाले नदिएसम्म ती बच्चाले मेरो माला मलाई देऊ भन्दै माला तानिरहे । माला दिएपछि बच्चाले आफ्नो घाँटीमा पहिरिए । उनको अगाडि साष्टांग दण्डवत् नगर्नबाट ती अभिजात्य खोजीकर्ताहरूले आफूलाई रोक्न सकेनन् । परिवारस“ग बिदा मागेर उनीहरू फर्किए । त्यसको केही दिनपछि उनीहरूले बच्चाको केही परीक्षा लिई सबै शंका निराकरण गरी उनी दलाई लामा भएको पूरा निश्चय गर्नुपथ्र्थो । बच्चाको अघि उनीहरूले ४ वटा माला राखे जसमा एउटा माला १३औँ दलाई लामाले सबैभन्दा बढी प्रयोग गरेका थिए । बच्चाले नलजाइ बिनाहिच्किचाहट त्यही माला रोजे र त्यसलाई लिएर कोठाभरि नाच्न थाले । त्यस्तै १३औँ दलाई लामाले आफ्ना सेवकलाई बोलाउन प्रयोग गरेको सानो डमरु पनि अरु धेरै डमरुमाझबाट चिनेर टिपे । पुरानो प्रयोगमा आएको चा“दी र हात्तीको दा“तको हेन्डल भएको लठ्ठीलाई पनि टिपे । पुरानो परम्पराअनुसार दलाईको पुनर्जन्म हुने शरीरमा केही विशेष चिह्न, निशान र लक्षण हुन्छन् । बच्चाको शरीरमा त्यही संकेत पाएपछि खोजी दलका प्रतिनिधिहरूले खोज पूरा भयो भनी गोप्यकोडमा चीन र भारत हु“दै जाने टेलिग्राम ल्हासा पठाए । त्यसको जवाफमा बीचमा बाधा आउन सक्छ, मिसन अति गोप्य राख्नु भन्ने निर्देश आयो । बाधा–व्यवधान सावधानीपूर्वक हटाउँदै चीनको चिन्गाई प्रान्तबाट महिनौँको यात्रा गरेर ती अवतारी बालकलाई लिएर उनीहरू तिब्बती सीमा छिरे । सीमामा उनीहरूले बच्चालाई सहयोगी लामा (रिजेन्ट) ले बच्चालाई उनी १४आँै दलाई लामाको रूपमा आधिकारिक पुष्टि गरिएको पत्र दिए । त्यसपछि उनलाई पहिलोचोटि दलाई लामाको रूपमा सम्मान व्यक्त गरियो । हाम्रो छोरा ठूलै लामा होला भन्ने ठानेका र स“गै आएका उनका माता–पिता भविष्यको तिब्बतको शासक उनै हुन् भन्ने बल्ल बुझेपछि छक्क परे र आफ्नो दण्डवत् चढाए ।
ल्हासा पुगेपछि उनको भव्य स्वागत गरियो । १९४० को फेबु्रअरीमा उनको राज्यारोहण भयो । घन्टाँैसम्म चलेका पूजामा उनी शान्त, अकल्पनीय गरिमा र शालीन भावले भरिएका देखिए । पुरानो शरीर छोडेको ७ वर्ष भइसकेको थियो । पहिलेका उनका सेवकहरूस“ग उनी धेरै अघिदेखिका परिचित जस्तो विश्वासपूर्ण र स्नेही व्यवहार गर्थे ।
जन्म-मत्युः घामछायाको खेल
मन रहिन्जेल यो जन्म–मृत्यको घामछायाको खेल चलिरहन्छ । जब सारा वासनाबाट मुक्त भएको मनको दियोको तेल सकिन्छ अनि दियो निभ्छ, त्यसलाई बुद्धले निर्वाण भन्नु भयो । त्यसपछि साँघुरो सीमाभित्र वासना भएर बगेको ऊर्जा असिमित भई ब्रह्म हुन्छ । अस्तित्वस“ग एकाकार भएको ऊर्जाको फैलाव यति विशाल हुन्छ कि अब उसलाई जुनसकै बेला पनि ढल्न सक्ने शरीरमा आउनुपर्दैन ।
मानिस बहुआयामी ऊर्जाको पुञ्ज हो । शारीरिक, मानसिक, भावनात्मक, आध्यात्मिक यसका प्राथमिक वर्गीकरण हुन् । शरीर सुतेको बेला पनि मन चलिरहको हुन्छ, मानसिक ऊर्जा गतिमान नै हुन्छ । मन बेहोस भएको बेला भावना चलिरहेका हुन्छन् । त्यस्तै, यी तीनै तहका ऊर्जा बाहिर अभिव्यक्त नभएको बेला अर्कै आयाममा यो ऊर्जाले छलाङ लिन्छ । व्यक्त हुने आयाम बन्द भए पनि अव्यक्त आयाम खुल्छ र ऊर्जाको पुञ्ज अघिल्लो यात्रामा जान्छ । इच्छाहरू ऊर्जाकै त्यान्द्रा हुन् । इच्छा रहिन्जेल उर्जाका यी धागा गुजुल्टी मारेर अघि बढिरहन्छन् । शरीरमा हु“दा व्यक्तरूपमा, शरीर छोडिसकेपछि अव्यक्तरूपमा । देखिने–नदेखिने भेद मात्र हो ।
भविष्य र विगतमा विचरण गर्ने इच्छाप्रति तटस्थ भई वर्तमान क्षणमा शान्त बस्नु आफ्नै विगतलाई हेर्ने प्रारम्भिक साधना हो । विचारप्रतिको उपेक्षा र सहज संयमको स्थितिमा ऊर्जाले केन्द्रस“ग एक परिपथ स्थापना गर्न थालेपछि विगत जन्मका दृश्य देख्न सकिन्छ भन्ने योगको दृष्टि छ । तर, यस्तो अनुभूति अहंकारको सूक्ष्म पृष्ठपोषक बन्नु हुन्न ।
मानिस आफै सिद्धान्त बनाउ“छ, ऊर्जा कहिल्यै मर्दैन भनेर । अनि भन्छ निर्जीव पदार्थमा त्यो लागु हुन्छ र सजीव मनुष्यमा त्यो लागु हु“दैन । सबै मृत लाग्ने पदार्थमा त्यो सिद्धान्त सही छ, तर यो सृष्टिको चेतना विकासको सिँढीमा सबैभन्दा माथिको स्थितिमा विराजमान, असिमित सम्भावना चुन्न सक्ने, मननशील, सम्यक श्रद्धाको उच्चस्थितिमा मनुष्यबाट दैवत्वमा पल्लवित हुन सक्ने, संकल्पवान्, विचारहरूप्रति साक्षी भई सम्बुद्ध हुन सक्ने सम्भावना बोकेको मनुष्यको चेतना श्वास गएपछि बिलाउँछ भन्नु ऊर्जा संरक्षणको नियममा चित्तशक्तिलाई अपवाद मानी धुलोसम्म पनि नठान्नु जति ठूलो विडम्बना मनुष्यको अरु के हुन सक्छ ? या त हामी ऊर्जाको सूक्ष्म गति, विस्तार र रूपान्तरणको नियमलाई बुझ्न अक्षम छौँ या त साधारण तर्कमा पनि टिक्न नसक्ने गरी असंवेदनशील भएका छौँ । ऊर्जा रूपान्तरण मात्र हुन्छ यो कहिल्यै नष्ट हु“दैन भनी ऊर्जाका संरक्षणको नियम संसारभरी पढाइन्छ । तर, मानिसचाहि“ महाअपवाद भयो । श्वास गएपछि सकियो रे !
प्रकाशित: १३ कार्तिक २०७३ ०४:४९ शनिबार