१५ वैशाख २०८१ शनिबार
image/svg+xml
अन्य

उडान भरेको १३ मिनेटमा माउण्टेन एअरको हेलिकप्टर आकस्मिक अवतरण

काठमाडौं– लुक्लाबाट काठमाडौं आउँदै गरेको माउण्टेन हेलिकप्टर प्रालिको एउटा हेलिकप्टर प्राविधिक समस्या आएपछि बीचबाटो मै आकस्मिक अवरण गरेको छ।

माउण्डेनका एक अधिकारीका अनुसार लुक्लाबाट एकजना विरामी लिएर उडेको कलसाइन ९एन–एएलक्यू भएको हेलिकप्टर उडान भरेको १३ मिनेटमा प्राविधिक समस्मया आएपछि खेतमा आकस्मिक अवतरण गरेको छ हो।

  ‘हेलिकप्टरलाई क्पाप्टेन सुरज थापाले उडाएर ल्याइरहेका थिए,’ ती अधिकारीले भने भने,‘आकस्मिक अवतरणपछि विमारी र चालक दल हेलिकप्टर छोडेर लुक्लानै फर्किएका छन्।’ उनका अनुसार क्याप्टने अर्को उडानबाट काठमाडौं आउँदैछन्। क्याप्टेन आएपछि घटनाको विस्तृत जानकारी आउने उनले बताए। उनका अनुसार सो हेलिकप्टरले विहान लुक्लाबाट फाप्लुकालागि दुई उडान भरेको थियो। त्यसबेलासम्म प्राविधक कुनै समस्या थिएन।  

 

प्रकाशित: ९ आश्विन २०७३ ०५:४६ आइतबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App