११ मंसिर २०८१ मंगलबार
image/svg+xml
अन्य

लेखक जोडी

देवप्रिया रोय
 

सुरुवात

ठीक १४ वर्षअघि, सन् २००२ को मनसुनको अन्त्यतिर मैले केही साथीहरूसँग मिलेर मासिक अखबारको स्थापना गरेकी थिएँ । त्यो प्रेसिडेन्सी कलेज, कलकत्ताको जीवन र समयको बारेमा रिपोर्टिंङ गर्ने ब्रोडसिट थियो । यसमा अंग्रेजी, बंगला र हिन्दी गरी कम्तीमा तीन भाषामा विद्यार्थीका सिर्जना, समालोचना र बृहत् कुरा समेटिन्थे । त्यससँगै, सक्कली कलाहरू पनि छापिन्थे । यो विद्यार्थीको जमातमा एकप्रतिको ५ रुपैयाँमा बिक्री गरिन्थ्यो । शिक्षकहरूलाई ग्राहक बन्नका लागि कर गरिन्थ्यो । थानथाने कालीबारीको नजिकै पर्याप्त डेस्कटप पब्लिसिङ सेवा दिने ठाउँ थिए र कलेज स्क्वायरका पछाडि धेरै प्रिन्टर थिए । मैले कसैलाई अहिलेसम्म यो कुरा भनेको छैन, तर म पूरै सम्पादकीय लेख्न मरिहत्ते गरिरहेको छु ।

यो सबै कलकत्ताको गर्मीको मध्याह्नमा लेक्चरहरूका बीचमा, कोल्ड कफी वा कफी हाउसका ग्लासहरूसँगै निर्णय भएका थिए । १५ दिनको त्यो अवधिमा, हाम्रो मित्रता निकै राम्रो भइसकेको थियो । ती १५ दिनमा हामीले कफी हाउसको बारेमा जे पनि भन्न सिकेका थियौँ । मानिसहरू त्यहाँ दशकदेखि खान र चुरोट पिउनका लागि आउने गर्थे । त्यहाँ पुग्न सजिलो थियो र वस्तुको मूल्य सस्तो पनि थियो । हामीले अखबार स्थापना गर्नमात्र होइन, अर्को चरणमा ड्रामाटिक्स क्लब र विदेशमा छात्रवृत्तिको आवेदन दिनेसम्मको योजना थियो ।
यहीँबाट यो अझै खराब हुँदै जान्छ । हामीले अन‘प्रेसी’डेन्टेड अखबार सुरु ग¥यौँ । यी उद्धरण चिन्हहरू शीर्षकका भाग हुन् । यसमा केही अंग्रेजी ठूलो अक्षर (क्यापिटल लेटर)पनि थिए कि, त्यो मैले बिर्सें ।
अध्याय १
बाँकी समूहले थाहा नपाएको कुरा मसँग यी सबै साहित्यिक संघर्षका बारेमा व्यक्तिगत कोण छ । मैले काम दिन चाहने एक जना लेखक छ । म उसको बारेमा धेरै जान्दिनँ । उसले अर्थशास्त्र पढ्छ, मभन्दा एक वर्ष जेठो छ र उसको व्यक्तित्वमा अर्कै शक्ति छ । मैले हालै उसलाई एउटा वादविवादमा भेटेकी हुँ । त्यहाँ उसले नवऔपनिवेश शक्तिले लादेको आर्थिक आतंकवादको बारेमा निकै लगावका साथ तर्क गरिरहेको थियो । ठीक त्यस्तै गरी, म उसलाई पाउनका लागि लागिपरेको छु । एउटा अखबार स्थापना गर्नु र उसका लागि डिजाइन गरेको कोलम दिनु मेरो कल्पना हो, जसले उसको निश्चित सीपलाई कायम गर्छ र त्यो असामान्य पनि लाग्दैन ।

त्यो कोलमलाई ‘फ्लाक’ भनिन्छ । सही आवेगलाई स्थान दिऊँ । यसको अभिप्राय बुझ्नुभयो होला ।
उसले एक सेकेन्डमा यो स्वीकार गर्यो, मैले एक दिनमा चाहेको लेखन पूरा ग¥यो । र, जब मैले आफैले जरुरी प्रमाणको प्रश्न सोधेर सूक्ष्म अर्थशास्त्रलाई अवरोध गरेँ, तब पनि ऊ रिसाएन !

भनिएको कोलमको बारेमा एउटा शब्द । मैले फ्लाकको आइडिया ‘जेन्टलम्यान’ म्यागेजिनबाट लिएकी हुँ । जतिबेला म विद्यालयमा पढ्थँे, मैले हाम्रो पत्रिकावालालाई जेन्टलम्यानको ग्राहक बनाइदिन भनेकी थिएँ । मैले जेन्टलम्यानबारे राम्रा कुरा निकै सुनेकी थिएँ । मैले उसलाई कुराकानीका क्रममा यो सुनाएकी थिएँ । मेरी आमा, जसले सायद लुकेर कुरा सुन्दैहुनुहुन्थ्यो, उहाँलाई झन्डैझन्डै हृदयघात भएन ।
उहाँले पहिलो अंक गम्भीर ढंगले जाँच गर्नुभयो । त्यसमा प्रतिक्रिया दिनुपर्ने त्यस्तो केही पनि कुरा थिएन । मेरी हजुरआमाले यसमा अन्तिम निर्णय सुनाउनु भयो । ‘यो त देशजस्तै छ,’ उहाँले भन्नुभयो । हामीले त्यहीबेला नै त्यसलाई त्यहीँ छोड्यौँ । जेन्टलम्यानको पसल सन् २००१ मा बन्द भयो ।
हाम्रो आफ्नै कथामा फर्किऊँ । तपाईंले कोही ‘साइको’लाई प्रभावकारीरूपमा प्रस्तुत गर्नका लागि पूरै अखबारसहित आउन चाहनुहुन्छ भने तपाईं अवाक हुनुहुनेछ, जुन अन्प्रेसिडेन्टेडको पहिलो अंकमा प्रस्तुत भएको छ । मेरो मुख्य लेख (संस्थापकहरूले नै धेरै पाना आफै भर्नुपर्ने थियो), जुन कलेज रहेको ठाउँको इतिहास वा अतीत सम्झाउनेखालको थियो ।

त्यो उसको रिस मिसिएको लेखसँगै छापिएको थियो । यो हाम्रो समानान्तर लेखन करियरको सुरुआत थियो । तर, हामी दुवैलाई त्यतिबेला त्यो महसुस भएको थिएन । हामीले त्यसबीच लेखन धमिलिँदै जाने वा दुवै पक्षका असहज विचार सुरु हुन्छ भन्ने पनि महसुस गरेनौँ । उसको अर्थशास्त्र मेरो साहित्यिक लगावसँग खुइलिन्छ, मेरो कथानक तर्कहरूले भूराजनीतिक अवस्थालाई प्रभाव पार्छ । त्यो समयमा हामीलाई ती ‘साइड इफेक्ट’मा कुनै रूचि थिएन । प्रेमको सुरुआती दिनमा रोमान्सलाई सहज बनाउन कलेजका अखबारहरू प्रयोग गर्न चाहने कपटीहरूले पनि यसलाई मन पराए । मलाइ अहिले महसुस हुन्छ कि, कलेजमा मेरो ब्याचको सबैभन्दा रिस उठ्दो व्यक्ति म नै थिएँ होला ।
 

पुस्तकका बीच

मैले मेरो विगत सम्झेर यी शब्दहरू लेख्दै गर्दा, मेरो ल्यापटपमा टाइप गर्दा, उपरखुट्टी लगाएर भुइँमा बस्दा, एउटा शब्द मेट्दै, तीन वटा थप्दै गर्दा, सौरभ सानो घरको वरपर हिँडिरहेको छ । उसको अहिलेको पाण्डुलिपिमा सम्बोधन भएको भित्री मनोवादलाई ऊ ठूलो स्वरमा बोलिरहेको छ । समानान्तर लेखन, जीवनमा यी केही राम्रा समय हुन् । अन्य समयमा, मेरो भागमा केही प्रमुख असफलता र उसको भागमा खैरा गुफाहरू छन् ।
अन्य जीवन पनि छन् । कसैले यसका लागि वास्तविक भन्ने शब्द प्रयोग गर्लान्, जुन पुस्तकको जीवनमुनि धड्किन्छ । अर्को जीवन विकसित गुणाकर्ताहरूलाई दिइएको छ । ग्लानि र पीडा तथा ग्रोसरी, कर्तव्य र चिन्ता, खुसी र बैंक भ्रमणले नियमितरूपमा घोर अवरोध गरिरहेका छन् ।
हामी हाम्रो लेखन जीवनलाई घृणा गर्छौं । हामी यसलाई असफलताजस्तै महसुस गर्छौं । हामी ढिलो गर्छौं । हामी झगडा गर्छौं र एकअर्कालाई दोष लगाउँछौँ । त्यसपछि हामी पुस्तक किन्न र चक्लेट डाइजेस्टिभ (मेरो असफलताको लागि सिफारिस गरिएको उपचार) किन्न जान्छौँ । हामी कौसीमा बसेर चिया पिउँछौँ र सबै कुरालाई अधिक विश्लेषण गर्छौं । हामी केही वाक्य लेख्छौँ, जसलाई हामी घृणा गर्दैनौँ । हामीले किनेका पुस्तकहरूलाई हामी सम्मान गर्छौं । जब बाहिर पानी पर्छ, हामी एकअर्काको छेउमा बसेर पढ्छौँ । हामी आफ्नो भन्दा पनि एकअर्काको पुस्तकमा विश्वास गर्छौं ।
 

उत्कर्ष

छोराछोरीको जन्म वा सम्पत्ति आर्जनजस्तो ठूलो घटना नभएकाले कहिलेकाहीँ सँगसँगै बिताएको चौध वर्ष पनि हल्का महसुस हुन्छ, जुन पानीमा स्केच गरेजस्तै हो । त्यसपछि हामीले सँगै किनेको पुस्तक सम्झिन्छौँ । हामीले किन्न चाहेको डुंगा डुबेजस्तो लाग्छ । त्यो तस्बिरले म मुस्कुराउँछु । म थप झुटहरू कबुल गर्न डुंगाहरूमा डुब्न चाहन्छु । हामीले एउटा पुस्तक सँगै लेख्यौँ । यसले जंगली आरोप र स्वस्थ बिक्री दुवै एकैसाथ पायो । हामीले अझै पनि हाम्रो भाग्यमा विश्वास गर्न सकेका छैनौँ । तर, फेरि पनि हामीले सँगै सिक्वेल लेख्नुपर्छ भन्ने कुरा विश्वास गर्न सक्दैनौँ ।
 

समापन

म लामो समयसम्म किन भगवान् राम चौध वर्षसम्म वनमा बसे भनेर सोच्ने गर्थें । किन दस वर्ष नभएको होला ? एक दशक शून्यान्तरका लागि सही समय थिएन ? मैले विस्तारै महसुस गरेँ कि त्यो समयमा यदि श्रीमान्–श्रीमती तेह्र वर्षसम्म छुट्टै बसेमा त्यो विवाह रद्द हुने गथ्र्यो । त्यही तर्कका आधारमा, चौध वर्षको अर्थ भगवान् रामको सम्बन्ध धरापमा पर्ने थियो ।

चौध वर्षअघि, हाँस्दै र रमाउँदै, लेख्दै सौरभ र मैले हाम्रो आफ्नो जीवन बाँच्ने छनोट गरेका थियौँ । हाम्रा लागि सयौँ जीवन उपलब्ध थिए, तर हामीले यो छनोट गरेका थियौँ । के तपाईंलाई थाहा छ ? मलाई लाग्छ हामी बाँच्नेछौँ । देवप्रिया रोय दुईवटा उपन्यासका लेखिका हुन् । उनले ‘दी भेग उमन्ज ह्यान्डबुक’ र ‘दी वेट लस क्लब’ लेख्नुका साथै भारतीय नृत्यशास्त्रमा पीएचडी गरेकी छन् । सौरभ झा ‘अपसाइड डाउन बुक अफ न्युक्लियर पावर’का लेखक हुन् ।

स्क्रोल डट इनबाट अनुवाद:शिक्षा रिसाल

 

प्रकाशित: १ आश्विन २०७३ ०१:५५ शनिबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App