१० मंसिर २०८१ सोमबार
image/svg+xml
विचार

पर्यटनसँग जोडौं परम्परा

हिजोआज भक्तपुर र मध्यपुर नगरवासीलाई मध्यरातपछि मात्र सुत्ने फुर्सद हुन्छ। यी नगरमा एक महिनादेखि त“, लालाखिं, धा“, धिमे, भुछ्यालगायत विभिन्न मौलिक परम्परागत बाजागाजा मध्यरातसम्म गुञ्जिने गरेका हुन्। स्थानीय बूढापाकालाई आफूले जानेका नाच नयाँ पुस्तालाई सिकाउन  भ्याइनभ्याइ छ। लेखक जगदीश शमशेर राणाको ‘नाचगानको राजधानी भक्तपुर’ हेर्न सबैभन्दा उपयुक्त समय हो यो। राणाले लेखेका थिए– ‘६० हजार किसानले २ सयभन्दा बढी परम्परागत नृत्य र संगीत समूह आजसम्म पनि जोगाइरहेको वास्तविकतामा नै भक्तपुरको मौलिकता निहित छ। युगौं पुराना यी कलाका विविध रूप आज पनि जगेर्ना गरिएका छन् र धेरै पुस्ता अघिदेखि यो हस्तान्तरण हु“दै आएका छन्। मौखिक परम्परा र पूर्ण सामाजिकीकरण प्रक्रियाले यस्तो हस्तान्तरण चलिरहेको छ। सहरका लगभग सबै युवा र पाका पुरुष कलाकार छन्। महिलाहरू पुरुषलाई हौस्याउने र उत्साह भर्ने काम गर्छन्। तसर्थ उनीहरू प्रस्तुति कलाको अन्तर्राष्ट्रिय सम्पदाका विशाल मोज्याकका विशिष्ट हिस्सा भएकामा कुनै सन्देह छैन।’

तीस वर्षअघि अर्थात् सन् १९८९ मा ‘नाचगानको राजधानी भक्तपुर’ पुस्तक प्रकाशन भएको थियो। त्यसयता भक्तपुरको समाजमा धेरै किसिमका परिवर्तन भइसकेका छन्। उनले त्यतिबेला महिलाको भूमिका ‘पुरुष कलाकारलाई हौस्याउने’ मा सीमित देखेका थिए। तर अहिले भक्तपुरका सबै सांस्कृतिक गतिविधिमा महिलाको सहभागिता दिनानुदिन बढ्दो छ, महिला–पुरुषको सिमाना निकै कमजोर बनिसकेको छ। विगतमा सांस्कृतिक गतिविधिमा महिला सहभागी नबन्ने अवस्थामा पुरुषले नै महिला पोसाक लगाएर नाच्ने÷गाउने परम्परा थियो। तर अहिले त्यस्तो ‘लिंग परिवर्तन’ को कुनै आवश्यकता छैन। बरु विगतमा पुरुषले मात्र नाच्ने भनिएका नाच महिलाले पनि नाच्न थालेका छन्। महिला लाखे भएर नाचेको दृश्य अब कुनै नौलो कुरा रहेन। घिन्ताङघिसी नाच्न पहिले महिलालाई वर्जित थियो। निकै सुन्दर पोसाकमा सजिएर नाच्ने महिलाले घिन्ताङघिसीको सौन्दर्यमा अझ चहक थपेका छन्।

घट्यो अश्लीलता
कुनै बेला सापारु अश्लीलताको पर्यायजस्तै थियो। जुनबेला जे भन्न पनि छुट भन्दै मानिस निकै अश्लील कुरा गरेर मनोरञ्जन लिन्थे। अनुहार छोपेका पुरुष कलाकारहरूले गर्ने संवादले वरपरका महिला दर्शक मुन्टो निहु¥याउन बाध्य हुन्थे। पुरुषहरू त्यसैमा मजा मान्थे र हा“स्थे÷हसाउ“थे। तर अहिले सापारुमा अश्लीलता कम हु“दै गएको देखिन्छ। जात्रामा महिला सहभागिताले अश्लीलता कम गर्न मद्दत पुगेको छ भने जसका कारण जात्रामा महिला सहभागिता पनि बढ्दै छ। ‘कुनै बेला घिन्ताङघिसी नाच्न छोरीलाई वर्जित थियो’ भन्ने सुनाउ“दा अहिलेका कतिपय किशोरीलाई पत्यार लाग्दैन। अर्थात् घिन्ताङघिसी वा कुनै पनि सांस्कृतिक गतिविधिमा सामेल हुनु महिलाका लागि पुरुषलाई जस्तै स्वाभाविक बनेको छ। यसको अर्थ समाजमा अब समाजमा महिलालाई हुने विभेद उन्मुलन नै भइसक्यो भन्नेचाहिँ होइन। गहिराइमा पस्दा अझै पनि महिलाप्रति अन्धविश्वासमा आधारित कतिपय असामाजिक बन्देज कायमै छन्।

सापारुका बेला सांस्कृतिक उत्सवलाई पर्यटनसँग जोड्ने प्रयास थालनी भएको छ। तर भक्तपुर र मध्यपुरमा अझै रात्रिकालीन पर्यटन प्रवद्र्धन हुन नसक्दा यस्ता सांस्कृतिक गतिविधिले पर्यटन उद्योगमा जति योगदान गर्न सक्थे, त्यति हुन सकेको छैन।

भक्तपुरको सापारु जात्राको अर्को विशेषता राजनीतिक र सामाजिक व्यंग्य पनि हो। अभिव्यक्ति स्वतन्त्रता कुण्ठित रहेको पञ्चायतकालमा यो अवसरलाई सत्ता र शासकविरुद्ध व्यंग्य गर्न उपयोग गरिएको थियो। व्यंग्य प्रस्तुत गरेकै कारण त्यतिबेला कतिपय मानिस प्रशासनको कोपभाजनमा परेका दृष्टान्त पनि छन्। त्यतिबेला सुरु यो चलन आजसम्म जारी छ। घिन्ताङघिसी नाचमा अहिले पनि सत्ता र शासकलाई प्रश्न सोध्नु परम्पराजस्तै बनेको छ। यसबाहेक अन्य नाच जस्तै ः गाइचा, फाकंदली, झ्यारे आदिमा पनि राजनीतिक र सामाजिक व्यंग्य प्रस्तुत हुने गरेका छन्।

सापारुको सांस्कृतिक उत्सवलाई भक्तपुरमा भएका कतिपय सामाजिक र राजनीतिक आन्दोलनकै हिस्सा बनाइएका उदाहरण पनि छन्। जस्तै ः भक्तपुरमा चलेको सफाइ आन्दोलनमा सापारुमा प्रदर्शित नाचमार्फत समाजमा प्रवाह गरिएको चेतनामूलक र व्यंग्यात्मक सन्देशको पनि भूमिका थियो।

सांस्कृतिक पुनर्जीवन
सापारुमा प्रस्तुत सांस्कृतिक नाचलाई मूलतः दुई भागमा विभाजन गर्न सकिन्छ। पहिलो ः ऐतिहासिक र दोस्रो ः आधुनिक। ऐतिहासिक नाच भन्नाले देवीदेवताप्रतिको भक्तिमा आधारित नाचहरू हुन्। देवी प्याख“, भैल(भैरव) प्याख“, नागाचा प्याख“ (राधा कृष्ण नाच) यसका उदाहरण हुन्। कतिपय नाच तत्कालीन समाजको विश्वास, लोकजीवन, लोककथनमा पनि आधारित छन्। जस्तै ः ख्यागोरा (ख्याक) प्याख“, खिचा(कुकुर) प्याख“, कवाङचा(कंकाल) प्याख“, लाखे प्याख“, भालु प्याख“ आदि यसका उदाहरण हुन्। त्यसबाहेक अचेल समयअनुसार नया“–नया“ विधाका सांस्कृतिक प्रस्तुति पनि हुन थालेका छन्। जस्तै ः गाइ“चा (गाइने) प्याख“, फाकंदली प्याख“, झाउरे प्याख“ आदि। सापारुमा थपिएको सबभन्दा पछिल्लो विधा हो– सडक नाटक।

स्थानीय बासिन्दाको संस्कृति र कलाप्रेमकै कारण यस्ता नाचले आजसम्म निरन्तरता पाएका हुन्। देशको राजनीति र समाजमा आएका अनेकथरी परिवर्तनबीच पनि यस्ता संस्कृतिले निरन्तरता पाउनाको एउटै कारण हो– समाजस“ग यिनको सम्बन्ध। यस्ता नाचको गुठी संस्थानस“ग खासै सम्बन्ध हुँदैन। तथापि स्थानीय सरकारले भने आफ्नो पहिचान र परिचय बनेका यस्ता नाचगान र परम्परालाई कुनै न कुनै किमिसले टेवा दिइरहेका छन्। विशेषतः परम्परागत नाचहरूको प्रतियोगिताले कलाकारलाई अझ उत्साहित बनाएको छ। यो वर्ष सापारुको दिन ६० समूहले घिन्ताङघिसी नाच प्रतियोगितामा भाग लिए। विविध कारण सुषुप्त अवस्थामा रहेका नाचगानले पनि अहिले पुनर्जीवन पाउन थालेका छन्। यसलाई सांस्कृतिक पुनर्जागरण मान्न सकिन्छ। मध्यपुर थिमिको ऐतिहासिक लाय्कु भैल नाचले ५० वर्षपछि यो वर्ष जीवन पायो। यो सांस्कृतिक उत्थानको एउटा उदाहरण हो। हिजोभन्दा आजको सांस्कृतिक गतिविधि अझ व्यापक र समावेशी छ। महिलाको उत्साहजनक सहभागिताले संस्कृति अझ व्यापक विस्तार भएको बुझ्न सकिन्छ।

अभिलेखीकरण
मूर्त संस्कृतिका तुलनामा अमूर्त संस्कृतिको जगेर्ना गर्न कठिन हुन्छ। अर्थ व्यवस्था, राजनीति र समाजमा आएको परिवर्तनले अमूर्त संस्कृतिमा पार्ने प्रभाव त छँदै छ, एउटा पुस्ताले अर्को पुस्तामा हस्तान्तरण गर्दा त्यसको मौलिकता नै हराउने खतरा पनि उत्तिकै हुन्छ। यसैकारण सांस्कृतिक गतिविधिको अभिलेखीकरण नै संस्कृति संरक्षणको उत्तम उपाय हो। मौखिक रूपमा आजसम्म निरन्तरता पाएका सांस्कृतिक नाच र परम्पराको जगेर्ना अब भने प्रविधि उपयोग गरी गर्न थालिएको छ। श्रव्य–दृश्यमार्फत नाचगान संरक्षणले यस्ता निधि आगामी पुस्ताका लागिसमेत सुरक्षित बन्नेछ। हात–हातमै प्रविधि भएको आजको समयमा हरेक व्यक्तिले आ–आफ्ना तरिकाले खिच्ने भिडियो र फोटोले संस्कृति÷परम्परा नया“ पुस्तामा हस्तान्तरण गर्न सहज बनेको छ। तर अझै पनि यस्ता निधिको व्यवस्थित अभिलेखीकरण, लेखन, प्राज्ञिक अध्ययन हुन सकेका छैनन्। यस विषयमा स्थानीय सरकारले गरिरहेका प्रयास प्रशंसनीय छ।

पर्यटनसँग अझै जोडिएन
सापारुका बेला सांस्कृतिक उत्सवलाई पर्यटनस“ग जोड्ने प्रयास थालनी भएको छ। तर भक्तपुर र मध्यपुरमा अझै रात्रिकालीन पर्यटन प्रवद्र्धन हुन नसक्दा यस्ता सांस्कृतिक गतिविधिले पर्यटन उद्योगमा जति योगदान गर्न सक्थे, त्यति हुन सकेको छैन। रात्रिकालीन सांस्कृतिक उत्सवमा पर्यटकहरूको अनुहार देख्न अझै पनि मुस्किल छ। कलाप्रेम र भावनाले आजसम्म धानेको यस्ता नाच र सांस्कृतिक परम्परालाई पर्यटनस“ग जोड्न सके तिनको आयु अझ लामो हुने थियो। दिनभर मठमन्दिर घुमेर राति अन्यत्रै बास बस्न जानुपर्ने अवस्थाका कारण अझै पनि विदेशी एवं स्वदेशी पर्यटकसमक्ष यी परम्परागत एवं सांस्कृतिक आयाम अगाडि आउन सकेका छैनन्।

प्रकाशित: ६ भाद्र २०७६ ०५:२३ शुक्रबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
Download Nagarik App