९ मंसिर २०८१ आइतबार
image/svg+xml
विचार

शोकमा श्रीलंका

श्रीलंकाको राजधानी कोलम्बोलगायत आसपासमा आइतबार भएको घातक शृंखलाबद्ध बम विस्फोटनले यस क्षेत्रको सुरक्षामा गम्भीर चुनौती खडा गरेको छ। इसाई धर्मावलम्बीको चाड ‘इस्टर सन्डे’ समेत परेको दिनमा भएको यो आक्रमणमा दुई सय सातजना मारिएका छन् भने चार सय ५० भन्दा बढी घाइते भएका छन्। सुविधासम्पन्न तारे होटल र गिर्जाघरमा गरिएका श्रृंखलाबद्ध आक्रमणका कारण श्रीलंका यतिबेला शोकमा डुबेको छ। यो अवस्थामा संयमका निम्ति नेताहरूले सर्वसाधारणमा आह्वानसमेत गरेका छन्। यो आक्रमण इसाई अल्पसंख्यक समुदाय इस्टर सन्डेका लागि राजधानी कोलम्बो, नेगोम्बो र बट्टिकलोआ सहरका गिर्जाघरमा व्यस्त रहेका बेला भएको छ। पर्यटकीय हिसाबले आकर्षणको केन्द्रमा रहेको कोलम्बो सहरका सुविधासम्पन्न होटलहरू सांग्रिला, सिनमन ग्रान्ड र किङ्सबरीमा भएको यो आक्रमणको यी पंक्ति लेखिँदासम्म कसैले जिम्मेवारी लिएको छैन। तर, एक दशकअघि मात्र लामो गृहयुद्धको अन्त्यपछि विकास निर्माणले गति लिइरहेको श्रीलंकामा भएको यो योजनाबद्ध आक्रमणले यस क्षेत्रको स्थायित्वमा समेत गम्भीर प्रश्न खडा गरेको छ। कुनै पनि बेला आउन सक्ने यस किसिमका आततायी घटनाका निम्ति समेत सरकारहरूले आफूलाई तयार राख्नुपर्ने सन्देश पनि यसले दिएको छ। श्रीलंका २५ वर्षसम्म तमिल पृथकतावादीले सुरु गरेको गृहयुद्धको चपेटामा परेको थियो। कुनैबेलाको शान्त र सुन्दर टापु मुलुक श्रीलंका गृहयुद्धले छियाछिया भएको हो। पछि बलपूर्वक तमिल पृथकतावादी आन्दोलन (लिट्टे) लाई परास्त गरेपछि श्रीलंकाले विकासको गति पक्रिएको हो।

जातीय वा धार्मिक अतिवादले अल्पसंख्यकको जीवनलाई खतरामा पार्छ। यस अर्थमा पनि बहुसंख्यक र शक्तिशाली समुदाय वा वर्गले अल्पसंख्यकको हितका निम्ति क्रियाशील हुनुपर्छ। त्यसमा मात्र अनाहकका द्वन्द्वबाट मुलुकलाई जोगाउन सक्छ। श्रीलंकामा भएको यो घटनालाई नेपालले पनि आत्मसात् गर्नुपर्छ।  सार्क मुलुकको एउटा महत्वपूर्ण देश भएका कारणले मात्र होइन, बौद्ध धर्मका कारणले समेत नेपालसँग निकटता राख्ने श्रीलंकाको यो दुःखमा हामी सँगै छौं। नेपालले समयमै यसबारे आफ्नो धारणा प्रस्ट पारेको छ। प्रधानमन्त्री केपी शर्मा ओलीले घटनालगत्तै ट्विट गरी आफ्ना समकक्षी रणिल बिक्रमासिंघेलाई बम विस्फोट र निर्दोष सर्वसाधारणको मृत्युले दुःखी भएको सन्देश पठाएका छन्।

श्रीलंकामा तमिल र सिंघालीबीचको जातीय द्वन्द्वले भयावह रूप लिँदा यसले अढाइ दशकमा ठूलो क्षति भोग्नुपरेको इतिहास ताजै छ। द्वन्द्वअघिको श्रीलंकाले यस क्षेत्रमा आर्थिक समृद्धिको बाटो समातिसकेका कारण धेरैले प्रेरणा पनि लिने गरेका छन्। सिंगापुरका नेताहरूले सुरुका दिनमा आफूहरूले श्रीलंकाजस्तो बन्ने लक्ष्य राखेको बताउने गरेका थिए। पछि सिंगापुरले विकासमा सबैलाई उछिन्यो भने श्रीलंका द्वन्द्वमै अल्झिन बाध्य भयो। त्यसमा पनि जातीय वा धार्मिक प्रकृतिका द्वन्द्व आफैंमा खतरनाक हुन्छन्। र, यसको दुष्चक्रमा फसेका मुलुकमा त्यसबाट निस्किन मुस्किल हुन्छ। श्रीलंकाले द्वन्द्वबाट बाहिर निस्किए पनि त्यसलाई नियन्त्रण गर्ने क्रममा भएका मानवअधिकारका प्रश्नको रन्थमोलमा परिरहेको हो। युद्ध अपराधमा कारबाही हुनुपर्ने माग पनि नभएका होइनन्। तर लिट्टेबाट मुक्ति चाहने पक्षलाई भने यसले ठूलै राहत दिएको हो। द्वन्द्वका क्रममा भएका क्षति र मानवअधिकारका विषयमा प्रश्न उठे पनि त्यसमा कतैबाट पनि समाधानका निम्ति पहल भएनन्। सत्य निरुपणलगायत पक्षमा समेत कसैको ध्यान पुग्न सकेको छैन। त्यसमा पनि अहिले अल्पसंख्यक समुदायमाथि भएको यस किसिमको आक्रमणको मक्सद के हो भन्ने खुल्न सकेको छैन। तत्कालका लागि द्वन्द्व समाधान गरे पनि त्यसका जडबारे जहिल्यै विचार गर्ने र तिनलाई समाधान गर्नेतिर लाग्नुपर्छ। समाजमा जहिल्यै द्वन्द्वका पक्ष अन्तरनिहित हुन्छन्। राजनीतिक नेतृत्वले इमानदारीपूर्वक त्यसलाई समाधान गर्नेतिर लाग्नुपर्छ।

द्वन्द्वलाई शान्तिपूर्ण रूपान्तरणको सोच बनाएको खण्डमा फेरि अर्को ढंगको द्वन्द्व दोहोरिने खतरा कम हुन्छ। यस क्षेत्रमा बिस्तारै जातीय र धार्मिक प्रकृतिका द्वन्द्वको खतरा बढ्न थालेको संकेत पनि हो श्रीलंकाको चिन्ताजनक घटना। जातीय वा धार्मिक अतिवादले अल्पसंख्यकको जीवनलाई खतरामा पार्छ। यस अर्थमा पनि बहुसंख्यक र शक्तिशाली समुदाय वा वर्गले अल्पसंख्यकको हितका निम्ति क्रियाशील हुनुपर्छ। त्यसमा मात्र अनाहकका द्वन्द्वबाट मुलुकलाई जोगाउन सक्छ। श्रीलंकामा भएको यो घटनालाई नेपालले पनि आत्मसात् गर्नुपर्छ। सार्क मुलुकको एउटा महत्वपूर्ण देश भएका कारणले मात्र होइन, बौद्ध धर्मका कारणले समेत नेपालसँग निकटता राख्ने श्रीलंकाको यो दुःखमा हामी सँगै छौं। नेपालले समयमै यसबारे आफ्नो धारणा प्रस्ट पारेको छ। प्रधानमन्त्री केपी शर्मा ओलीले घटनालगत्तै ट्विट गरी आफ्ना समकक्षी रणिल बिक्रमासिंघेलाई बम विस्फोट र निर्दोष सर्वसाधारणको मृत्युले दुःखी भएको सन्देश पठाएका छन्। ‘मानवताविरुद्धको यस कार्यको नेपाल सरकार सशक्त भत्र्सना गर्छ,’ ओलीले भनेका छन्, ‘यो आपराधिक र खतरनाक आक्रमणका दोषीमाथि चाँडै कारबाही हुनेमा म विश्वस्त छु।’ जुनसुकै आवरणमा होस्, यस किसिमको आक्रमण आततायी र मानवताविरोधी हो। जुनसुकै समस्याको समाधान शान्तिपूर्ण रूपमा गर्न सकिन्छ। भर्खरै गृहयुद्धबाट उठ्दै गरेको श्रीलंकाका निम्ति यो निःसन्देह चिन्ताजनक घटना हो। यो समस्याबाट उठ्दै श्रीलंकाले आफूलाई शान्तिपूर्ण मुलुकको पुरानो अवस्थामा पु-याउने आशा गर्न सकिन्छ। आतंकको कुनै जात र धर्म हुन सक्दैन। श्रीलंकामा भएको यो घटनाबाट पाठ सिक्दै हाम्रो सरकारले सुरक्षा प्रबन्धनमा ध्यान पु-याउन सक्नुपर्छ।

प्रकाशित: ९ वैशाख २०७६ ०३:२२ सोमबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
Download Nagarik App