९ मंसिर २०८१ आइतबार
image/svg+xml
विचार

अनुशासनमा पछाडि

हामी सधै“ आफ्नो भाग्यलाई दोषदिन्छौ“ र भन्छौ“– यो देशमा जन्मनु नै मेरो दुर्भाग्य हो। विदेश भ्रमणमा गएर आएपछि भन्छौ“– विदेशमा यस्तो छ उस्तो छ तर यहाँ हाम्रोमा केहीछैन। हो, हामी धेरै पछाडि छौँ विकासका दृष्टिले, प्रविधिका दृष्टिले र सबैभन्दा बढी हामी पछाडि छौँ अनुशासनमा। हामी देश विकास देख्छौँ, सफा देख्छौँ। बाटोमा कतै फोहोर फालिएको देखिँदैन, हरेक घरको अगाडि सफा हुन्छ। हामी बस्न त त्यस्तैमा चाहन्छौँ तर गर्न भने चाहँदैनौँ। घरमा अगाडि भएको फोहोरलाई सरकारको निकायले आएर सफा गरिदिनुपर्छ भन्ने लाग्छ। बाटोमा हिँड्दा महँगा चिल्ला गाडीप्रयोग गर्नेअनि कैयौँ होलिडे मनाउन विदेश पुग्नेहरूले आफूले खाएको केरा, सुन्तला आदिको बोक्रा फुत्त बाहिर फाल्छन् अनि भन्छन् हाम्रो देश फोहोर छ। नगरपालिकाले सफा गरेन। सरकारले सफा गरेन।

हामीसँग धेरै छ। स्रोत र साधनको दृष्टिले हामी सम्पन्न छौँ। विश्वको अग्लो हिमाल सगरमाथा, कैयौँ पर्यटक लोभ्याउने हिमालहरू, मनमोहक झरना, खोला, पहाड अनि हिमालमा पाइने जडीबुटी, रुख बिरुवा, तराईका फाँट, ठूला ठूला जंगल यी सबै कुरा हामीसँग छ। कृषिका लागि योग्य भूमि छ हामीसँग। हामीसँग सांस्कृतिक विविधता छ जसले विश्वका पर्यटकलाई लोभ्याउँछ। तर हामीसँग कमी छ जुक्तिको। सक्षम जनशक्तिको अनि त्यसलाई परिचालन गर्न सक्षम लिडरर अनुशासित जनता अनि नेताको। हाम्रा नेता हरेक हप्ता विदेश भ्रमणका लागि लाखौँ खर्च गर्छन्। त्यहाँको हरेक राम्रो कुराको दृष्यावलोकन गर्छन्। यतिमात्रै होइन कसरी धनी भयो, विकास भयो, यी सब कुराहरु बुझेर आउँछन् तर जब नेपालमा पाइला पर्छ यी सब कुरा बिर्सन्छन्शायद। यही चल्दैछ अहिलेसम्म। 

विश्वका कैयौँ विकसित देश नेता, जनता सबै पुगेका छन् तर व्यावहारिकरूपमा भने आफूले देखेका राम्रा कुरालाई अपनाउन भने सधँै पछाडि परेको नै पाइन्छ। पहिलो पटक म अस्ट्रेलिया जाँदा जब बाटोमा कारमा हिँडिरहेका बेला ठूलो पुल आयो, कार्डबाट आफैँ पैसा काटियो मलाई अचम्म लागेको थियो। देशले ठूलो लगानीगरेर पुल बनायो, टनेलहरू बनायो अनि त्यो सुविधा प्रयोग गर्न पाए जनताले। त्यो सुविधाबापत हरेक यात्रामा जनताबाट पैसा लिइरहेको हुन्छ सरकारले। कमाएको पैसाको पनि निकै राम्रो कर तिनुपर्छ, सानो गल्तीका लागि ठूलो रकम तिनुपर्छ, सजाय भोग्नुपर्छ जनताले।कर तिर्नु आफ्नो कर्तव्य ठान्छन् जनता।

हामी भने सरकारलाई कर तिर्ने कुरामा कति धेरै पछि पर्छौँ, सकेसम्म कर लुकाउँछौँ तर ती देशका नागरिकले खुसी हुँदै ‘वि आर सो लक्की’ भन्दै पैसा तिरेका देखेर मेरो देशमा पनि यस्तै भएहुन्थ्यो भन्ने लाग्यो। तर त्यो धेरै टाढाको कुरा हो। सामान किन्न जाँदा सकेसम्म आफ्नो देशकोलाई प्राथमिकता दिएको देखेँ। बाहिरबाट आएको सामान सस्तो भएपनि आफ्नो देशको उत्पादन नै प्रयोग गर्नुपर्छ भन्नेभावना छ ती देशका जनतामा। कसरी हुन्छ सरकारलाई सहयोग गर्नुपर्छ भन्नेछ। 

हरेक वर्ष सरकारले किसानका लागि भनेर अरबाैँ रुपियाँ छुट्टाएको हुन्छ। त्यतिमात्र होइन, यदि प्राकृतिक प्रकोपले बाली बिग्रयो भने पूरै देशका जनता मिलेर सहयोग गर्छन्। महँंगोमा भएपनि सामान किनिदिन्छन्, विभिन्न च्यारिटी गरेर किसानका लागि पैसा उठाएर दिन्छन्, अनि किसानले पनि पौष्टिक र तागतयुक्त खाद्यान्न उत्पादन गर्न लागिपर्छ। खोइ हाम्रोमा यस्तो विचार ?

प्रकाशित: २९ पुस २०७५ ०४:२१ आइतबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
Download Nagarik App