२९ वैशाख २०८१ शनिबार
image/svg+xml
विचार

विपद्: उच्च जोखिम,न्यून पूर्वतयारी

अहिले लगभग देशैभर मनसुन सक्रिय छ। विपद्का कारण मानवीय तथा आर्थिक क्षति भएका खबर दिनहुँ सञ्चार माध्यमका हेडलाइन बनिरहेका छन्। मनसुनको समयमा अन्य समयको भन्दा विपद्का घटना धेरै हुने गरेका देखिन्छ। जुन ज्यादै दुःखद् पक्ष हो।

नेपाल प्राकृतिक तथा गैरप्राकृतिक दुवैखाले विपद्को उच्च जोखिममा रहेको विभिन्न सर्भेक्षण तथा पूर्वानुमानले देखाएका छन्। विपद्पछिको खोज, उद्धार, राहत, पुनर्निर्माण तथा पुनर्स्थापनाको कार्यमा खर्चिनुपर्ने रकमको थोरै मात्र भाग विपद् पूर्वतयारीमा खर्चिने हो भने पनि विपद् जोखिम न्यूनीकरण प्रभावकारी हुन सक्छ। पूर्वतयारीको कार्यले सबैखाले विपद्का घटना र क्षति रोक्न सक्दैन तर कमी भने पक्कै गर्नेछ।

नेपालको संविधानले विपद् व्यवस्थापनको काम स्थानीय तहको एकल अधिकारका साथै सङ्घ, प्रदेश र स्थानीय तहको साझा अधिकारको सूचीमा राखेको छ। संविधानको भाग ४ धारा ५१ (छ) को प्राकृतिक साधन स्रोतको संरक्षण, सम्बद्र्धन र उपयोगसम्बन्धी नीतिअन्तर्गत जल उत्पन्न प्रकोप नियन्त्रण गर्ने तथा प्राकृतिक प्रकोपबाट हुने जोखिम न्यूनीकरण गर्न पूर्वसूचना, तयारी, उद्धार, राहत एंव पुनस्र्थापना गर्ने उल्लेख छ।

नेपाल प्राकृतिक तथा गैरप्राकृतिक दुवैखाले विपद्को उच्च जोखिममा रहेको विभिन्न सर्भेक्षण तथा पूर्वानुमानले देखाएका छन्।

अनुसूची–७ ले प्राकृतिक तथा गैरप्राकृतिक विपद् पूर्वतयारी, उद्धार तथा राहत र पुनर्लाभ कार्यलाई सङ्घ र प्रदेशको साझा अधिकारको सूचीमा राखेको छ। अनूसूची–८ मा विपद् व्यवस्थापनलाई स्थानीय तहको एकल अधिकारको साझा सूचीमा राखेको छ। अनुसूची–९ ले सङ्घ, प्रदेश र स्थानीय तहको अधिकारको साझा सूचीमा राखेको छ।

नेपालमा हालसम्म प्रभाव देखिने गरी वैज्ञानिक तवरबाट बहुप्रकोपयुक्त जोखिम विश्लेषण हुन सकेको छैन। हरेक वर्ष धेरै नेपालीले विभिन्न भयानक प्रकोप सामना गरिरहनुपरेको छ। वर्षमा औषत पाँच सयभन्दा बढी विपद्का घटना हुने गर्छन्।

ठूलो मात्रामा भौतिक संरचना तथा मानविय क्षति हुने गरेको छ। जीविकोपार्जनमा हुने क्षति तथा विपद्बाट बिस्थापित हुनुपरेकाहरूको सङ्ख्या ठूलै हुन्छ। पछिल्लो ४५ वर्ष (सन् १९७१ देखि २०१५) को अवधिमा विपद्को कारण ४० हजार बढीले ज्यान गुमाएको तथ्याङ्क छ। लाखाैं घाइते छन्। हजारौँ परिवार प्रभावित बनेका छन्। अझै पनि नेपालका धेरै स्थान बहुप्रकोपको उच्च जोखिममा रहेका विभिन्न तथ्यले बताउँछ।

देशका केही स्थानमा पूर्वसूचना प्रणाली सञ्चालन भए पनि सबै क्षेत्रमा र सबैखाले विपद्का घटनामा यो पर्याप्त छैन। आजकल जल तथा मौसम विज्ञान विभागबाट मौसम पूर्वानुमानसम्बन्धी बुलेटिनहरू पनि जारी हुने गरेको छ। विगतका तुलनामा पूर्वानुमान पनि धेरै हदसम्म मिल्ने गरेको पाइएको छ। विडम्बना ती सूचना साँच्चै जोखिम समुदायले पाउन सकेका छन् त? जोखिमबाट बच्न तयारी गर्नुपर्ने समुदायमा न्यून जानकारी छ।

नेपालमा हालसम्म प्रभाव देखिने गरी वैज्ञानिक तवरबाट बहुप्रकोपयुक्त जोखिम विश्लेषण हुन सकेको छैन। हरेक वर्ष धेरै नेपालीले विभिन्न भयानक प्रकोप सामना गरिरहनुपरेको छ। वर्षमा औषत पाँच सयभन्दा बढी विपद्का घटना हुने गर्छन्।

एकातिर कुन बस्ती जोखिममा छ भन्ने पहिचान भएकै छैन। अर्कोतिर जोखिमको आकलन भएर पनि उचित समयमा व्यवस्थापन गर्न सकिएको छैन। भौगोलिक, सामाजिक, आर्थिक विभिन्न कारणले विपद् व्यवस्थापन अत्यन्तै संवेदनशील र जटिल छ तर असम्भव पक्कै छैन।

रसुवाको उत्तरगया गाउँपालिका १ स्थित कामलुङ गाउँका शंखमान तामाङको भनाइ यहाँ स्मरणीय छ–पहिरो जुनसुकै बेला जानसक्छ भन्ने थाहा छ, जमिन तलतल भासिँदैछ, तर के गर्नु? भगवान भरोसामा बस्नुपरेको छ। न पहिरो रोक्न सक्छौँ, न अन्यन्त्र जान नै। कामलुङ पुछारमा १४ परिवारको बसोबास छ। दायाँवायाँ दुवैतिर वर्खे खोला छ। हिउँदका लागि त गाउँपालिकाको पहलमा नजिकै सडक पुगेको छ। तर वर्षात् लागेपछि सडकको नामोनिशाना देखिँदैन। हिउँदमा अलिअलि मात्रै देखिने पानी बढेर वर्षात्मा तर्नै नसक्ने बडेमानको खोलो बनिदिन्छ।

रसुवाको उत्तरगया गाउँपालिका १ स्थित कामलुङ गाउँका शंखमान तामाङको भनाइ यहाँ स्मरणीय छ–पहिरो जुनसुकै बेला जानसक्छ भन्ने थाहा छ, जमिन तलतल भासिँदैछ, तर के गर्नु? भगवान भरोसामा बस्नुपरेको छ।

उत्तरगया ४ ढुंगेमा २ वर्षदेखि सुरु भएको पहिरोले आकार बढाउँदै गैरहेको छ। गाउँको सिरानबाट सुरु भएको पहिरोको नजिकै अन्य नयाँ पहिरो झर्दै गएको, नजिकका अन्य भागमा पनि धाँजा फाट्ने, चिरा पर्ने र रुखहरू ढल्किँदै गएका सामान्य संकेत हेरेर पहिरोले अझै ठूलो रूप लिन सक्ने अनुमान समुदायका मानिसले गरिरहेका छन्। बस्तीको शिरैबाट दिनरात पहिरो झरिरहँदा मानसिकरूपमा परेको त्रासको कुरा गरिसाध्य छैन।

विशेषगरी मानिसको ज्यान जोगाउने अर्थात् अस्थायी रूपमा स्थानान्तरण गरेरै भए पनि मानवीय क्षति हुन नदिन गाउँपालिका तथा वडाका जनप्रतिनिधि तथा कर्मचारी जिउज्यान दिएर लागिरेहका छन्। तर वर्षात्को समयमा सबै कुरा व्यवस्थापन सोचे जति सजिलो छैन। आर्थिक अभावलगायत विभिन्न कारणले चाहेर पनि हिउँदमा (समयमै) पूर्वतयारीका गतिविधि गर्न नसक्दा अहिले आर्थिक र मानसिक दुवै भार बढेको आकलन गर्न सकिन्छ। 

प्रकाशित: ४ भाद्र २०८० ००:३७ सोमबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
Download Nagarik App