१३ मंसिर २०८१ बिहीबार
image/svg+xml
विचार

कांग्रेस रूपान्तरणका छाल

हालै इमेज च्यानलको हटसिट कार्यक्रममा जगदीश खरेलले कांग्रेसमा रूपान्तरणका छाल सम्बन्धमा डा.चन्द्र भण्डारीसँग लिएको अन्तर्वार्तामा उहाँले भन्नुभयो-कांग्रेस नबने देश बन्दैन। चौधौँ महाधिवेशनअगाडि मतभेदहरू भए पनि हामी युवाहरू सभापतिकहाँ जान्थ्यौँ र कुरा गरेर समस्या समाधान गर्ने प्रचलन थियो। महाधिवेशनपछि नयाँ नेतृत्व आयो, धेरै युवाहरूको नेतृत्व आयो तर यसरी संयुक्तरूपमा गएको पाइँदैन। एक्लाएक्लै जाने बेग्लै कुरा हो तर रूपान्तरणका लागि एक्लै हिँडेर त हँुदैन नि ! संयुक्त रूपमा हुनुपर्‍यो परिवारको, गुटको, उपगुटको नेता बन्ने, वरिपरि झोपडी राखेर बीचमा महल बनाएर त्यो घर सुरक्षित हुन सक्दैन आदि सुनेँ।

२०८० असार ८ गतेको फरक धार अनलाइन पत्रिकामा शेखर कोइरालाको भनाइ उद्धृत गर्दै “कि कांग्रेस अगाडि बढ्ने विषयमा छलफल आवश्यक छ, साथै मुलुकमा जवाफदेहिता, उत्तरदायित्व, सुशासन र दण्डहीनताको अन्त्य हुन नसके लोकतन्त्र सुदृढ हुन सक्दैन” भन्ने वाक्य पढेँ।

हालै इमेज च्यानलको हटसिट कार्यक्रममा जगदीश खरेलले कांग्रेसमा रूपान्तरणका छाल सम्बन्धमा डा.चन्द्र भण्डारीसँग लिएको अन्तर्वार्तामा उहाँले भन्नुभयो-कांग्रेस नबने देश बन्दैन।

त्यसैगरी जुन २२, २०२३ बिहीबार भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले अमेरिकी कंग्रेसमा गरेको सम्बोधनमा “प्रजातन्त्रको सुन्दरता भनेको जनता र नेताबीचको गाढा सम्बन्ध हो र जनताको नसा नसा अनुभव सक्नु हो, साथै समानता र र जनसम्मान तथा मानव मूल्यको महत्वलाई समर्थन तथा बहुततामा एकता, सामाजिक शक्तिमा वृद्धि भए लोकतन्त्र मजबुत हुन्छ।”

नेपाल लाइभ अनलाइन पत्रिकामा २०८० असार ११ गते गगन थापाको भनाइ उद्धृत भए जस्तै “कुनै पनि प्राध्यापक नेपाली कांग्रेसको सदस्य बन्न नपाउने कुरामा बहस चलाउने” भनाइ सुन्नमा आयो।

त्यसैगरी राष्ट्रिय स्वतन्त्र पार्टीका अध्यक्ष रवि लामिछानेले सो पार्टीको स्थापना दिवसको क्रममा चितवनमा “६ महिनामा २१ सांसद लिएर आएका छौँ, ८४ सालको लक्ष्य लिएर नयाँ सोच र विचारका साथ अगाडि बढ्दै छौँ, हामी कसैका विरुद्ध आएका होइनौँ, सबैको साझा सत्रु भ्रष्टाचार निर्मूल पार्नुपर्छ, हामी पार्टीका नेता चाहार्ने विद्वान् होइन, पार्टीले चाहार्ने विद्वान्लाई पार्टीमा स्वागत गर्न चाहन्छौँ” भन्ने भाषण सुनेँ।

यी पाँचवटा भनाइ तथा भाषणबाट नेपाली कांग्रेसभित्र उठेको रूपान्तरणको सवालतर्फ ध्यान गयो र यो आलेख तयार गरिएको हो।

साँच्चै कांग्रेस रूपान्तरणतर्फ हो भने चन्द्र भण्डारीले भने जस्तै युवाहरू नेतृत्वमा आए पनि उनीहरू एक्लै हिँडेर केही हुनेवाला छैन। परिवार, गुट, उपगुट छाडेर सामूहिक रूपमा नेतृत्वसँग रूपान्तरणका अजेन्डा राख्नुपर्छ।

पार्टी नेतृत्वको विरोध गरेर र उछितो काडेर हुँदैन। त्यसले झन् खाडल ल्याउँछ र गुटको अन्त्य गर्ने सवाल उठाउने तर झन् गुटलाई प्रश्रय दिन्छ। पार्टी नेतृत्वलाई सकारात्मक सोच साथ सहमत गराउन सक्नुपर्दछ कि यी यी अजेन्डामा बहस चलाउँ जसले रूपान्तरणलाई मलजल दिन्छ।

शेखर कोइरालाको कुरा मान्ने हो भने मुलुकमा सुशासनका लागि आवश्यक छलफल चलाउनुपर्छ, सरकारमा पार्टी भएका बेला सुशासनको प्रत्याभूति दिन सक्नुपर्छ। जवाफदेहिता, उत्तरदायित्वको प्रत्याभूति र दण्डहीनतालाई अन्त्य गरेको प्रत्याभूति जनताले पाउनुपर्छ। यो विषयमा निर्मम भएर अगाडि बढ्नुपर्छ। अनि मात्र लोकतन्त्र सुदृढ हुन्छ र जनताको विश्वास आर्जन गर्न सकिन्छ।

नरेन्द्र मोदीले भनेझैँ जनता र नेताबीचमा सुमधुर सम्बन्ध कायम गर्न सकेमा र जनताका पिरमर्का बुझेर उनीहरूमा एकाकार हुन सकेमा मात्र प्रजातन्त्रको सुन्दर पक्षको अनुभूति हुन्छ। समानता र जनताको आत्मसम्मानमा वृद्धि हुन्छ। अनेकातामा एकता कायम हुन सक्छ। किनकि आजको प्रजातन्त्र सामाजिक शक्तिमा मात्र मजबुत हुन सक्छ।

गगन थापाले भने जस्तै शिक्षक तथा कर्मचारीका वैचारिक संगठन विघटन गरेर एउटा मात्र पेसागत संगठन कायम गर्नुपर्छ जो गैरराजनीतिक होस्, कर्मचारीतन्त्रमा र शैक्षिक क्षेत्रमा मौलाएको राजनीतिक हस्तक्षेपको अन्त्य हुनुपर्दछ। सरकारका शिक्षक तथा कर्मचारी हुनुपर्‍यो न कि राजनीतिक दलका।

साँच्चै कांग्रेस रूपान्तरणतर्फ हो भने चन्द्र भण्डारीले भने जस्तै युवाहरू नेतृत्वमा आए पनि उनीहरू एक्लै हिँडेर केही हुनेवाला छैन। परिवार, गुट, उपगुट छाडेर सामूहिक रूपमा नेतृत्वसँग रूपान्तरणका अजेन्डा राख्नुपर्छ।

सबैभन्दा महत्वपूर्ण कुरा त के छ भने रवि लामीछानेले नेतृत्व गरेको पार्टी जसले ६ महिनामा २१ सांसदसहित उपस्थित हुन सक्यो र आगामी निर्वाचनलाई लक्षित गरेर सबैको सत्रु भ्रष्टाचार निर्मूल पार्ने लक्ष्य उद्घोष गरिरहेको छ।

समाजमा स्थापित र आशा गरिएका विद्वान्हरूको खोजीमा छ र स्वागत पनि गरिराखेको छ। ऊ भन्छ, नेताको वरिपरि घुम्ने विद्वान् होइन, बरु स्वयं नेताले खोज्नुपर्ने विद्वान्लाई प्रेरित गरिराखेको छ।

प्रश्न उठ्छ कि क्षणिक आवेगमा आफ्ना माउ पार्टी भनिएका पार्टी छाडेर युवाहरू त्यतातिर आकर्षित छन् कि अजेन्डामा! कि पुराना मानिएका पार्टीभित्र फैलिएका परिवारवाद, गुट, उपगुट तथा मौलाएको भ्रष्टाचारको विकल्प खोजिरहेका छन्?

कांग्रेसले साँच्चै पार्टीमा रूपान्तरणको छाल ल्याउने हो भने उसको सिद्धान्त, आदर्श र नीतिलाई व्यवहारमा रूपान्तरण ल्याएको प्रत्याभूति हुने कार्यनीति ल्याउनुपर्छ। प्रजातान्त्रिक समाजवादी भन्ने, न आफ्नो पार्टीभित्र प्रजातन्त्रको अभ्यास हुने न राज्य संयन्त्रमा ! समाजवादको कुरा गर्ने वरिपरि झुपडी राखेर बीचमा महलमा बस्ने, खोइ त शिक्षा, स्वास्थ्य, आवास र खाद्य सुरक्षाको प्रत्याभूति?

कतिपय विकसित तथा विकासशील देशमा ५० प्रतिशतसम्म कर तिर्न पनि जनता तयार हुने र त्यसमा गर्व गर्ने गरेको पाइन्छ किनकि त्यहाँ बाल्यकालमा शिक्षा स्वास्थ्यको दायित्व सरकारले लिन्छ, युवावस्थामा रोजगारीको ग्यारेन्टी गर्छ र बुढेसकालमा सामाजिक सुरक्षाको ग्यारेन्टी लिन्छ। शिक्षा, स्वास्थ्य, आवास, रोजगारी र खाद्य अधिकार सुरक्षित हुन्छ। प्रजातन्त्रको साँच्चै सुन्दर पक्ष त यही रहेछ। रूपान्तणका लागि निश्चित कार्ययोजना चाहियो।

सबैभन्दा महत्वपूर्ण कुरा त के छ भने रवि लामीछानेले नेतृत्व गरेको पार्टी जसले ६ महिनामा २१ सांसदसहित उपस्थित हुन सक्यो र आगामी निर्वाचनलाई लक्षित गरेर सबैको सत्रु भ्रष्टाचार निर्मूल पार्ने लक्ष्य उद्घोष गरिरहेको छ।

कांग्रेसमा विवाद र विभाजनको रेखा कोर्ने तत्व भनेको यसको सदस्यता हो कांग्रेसको सदस्यता लिन चाहने नागरिकले अनलाइन फारम भरेर सदस्यता प्राप्त गर्ने र विधानअनुसार निश्चित समयभित्र क्रियाशील सदस्यताका लागि अनलाइनमा आवेदन दिन पाउने र क्रियाशील सदस्यता प्राप्त गर्ने व्यवस्था कायम गरेमा पार्टी जीवन्त बन्छ, आफ्नो गुटलाई प्रश्रय दिएर सदस्यता प्राप्तिमै चलखेल हुने रोगको अन्त्य हुनेछ, अब गुट निर्माणबाट होइन, कार्यकर्ताको मन जितेर नेता बन्ने परिपाटी बस्ने छ र पार्टी रूपान्तरण हुनेछ।

नेपालको भान्सा महँगो भैसक्यो। गरिबदेखि धनीसम्म चाहिने साधारण आलु, प्याज, लसुन, गोलभेँडा तथा मरमसलाको भाउले आकाश छुन थाल्यो। अब कृषि क्रान्ति नगरी सुखै छैन। सिँचाइलाई प्राथमिकता दिनुपर्‍यो। कृषि औजार तथा मल कारखाना खोल्नुपर्‍यो। बालीनालीका बिउबिजनको उत्पादन तथा नस्ल सुधारको प्रविधि भित्र्याउन पर्‍यो।

पशु तथा पन्छीको विकासका लागि ठोस कार्यक्रम ल्याएर मासु तथा दुग्धजन्य पदार्थमा आत्मनिर्भर हुन पर्‍यो। जबसम्म खाद्यान्न, माछा, मासु तथा दुग्ध पदार्थमा आत्मनिर्भर भइँदैन तबसम्म विदेशी हस्तक्षेपबाट मुक्त हुन सकिँदैन। कृषि, माछा तथा पशुपालनमा पर्याप्त मात्रामा अनुदान तथा बिमाको व्यवस्थासहितको कार्ययोजना अगाडि सार्नुपर्‍यो। बारैमास राख्न मिल्ने शीतभण्डारको पर्याप्त व्यवस्थाका साथै कृषिलाई टेवा दिनका लागि कृषिमा आधारित उद्योग खोल्न प्रेरित गर्नुपर्‍यो।

सबैभन्दा महत्वपूर्ण कुरा त बौद्धिक तथा श्रम पलायन हो। इन्टरनेट तथा अनलाइन पहुँचले होनहार युवा विदेशिन बाध्य भएका छन्। जोखिम मोलेर भए पनि लाखौँ युवाहरू वैध÷अवैध तरिकाले विदेश पलायन भइरहेका छन्। उनीहरूलाई रोक्ने ठोस कार्यक्रम लिएर जानुपर्‍यो ताकि उनीहरू विश्वस्त हुन् कि अब नेपालमै बसेर पनि रोजगारी प्राप्त गर्न सकिन्छ, स्वरोजगार गर्न पनि सकिन्छ। सिपमूलक र उत्पादनमुखी शिक्षा तथा तालिम कार्यक्रमको योजना लिएर जानुपर्‍यो।

नेपालको भान्सा महँगो भैसक्यो। गरिबदेखि धनीसम्म चाहिने साधारण आलु, प्याज, लसुन, गोलभेँडा तथा मरमसलाको भाउले आकाश छुन थाल्यो।

कांग्रेसमा रूपान्तरणका लागि सर्वप्रथम केन्द्रीय समितिमा रूपान्तरणका अजेन्डामा घनिभूत छलफल हुनुपर्छ। जनताको भावना र आत्मसम्मान उँचो राख्ने कार्यनीति आउनुपर्छ र त्यसलाई कार्यान्वयन गर्ने ठोस रणनीति तयार गर्नुपर्छ। त्यो कार्यनीति तथा रणनीतिलाई लिएर पार्टी सभापतिदेखि कार्यकर्ता जनतामाझ जानुपर्छ। पहिले केन्द्रीय समिति स्पष्ट हुनुपर्‍यो अनि प्रदेश, निर्वाचन क्षेत्र, गाउँ वा नगरपालिका, वार्ड हुँदै टोलसम्म छलफल भएर नेतादेखि कार्यकर्तासम्म ती अजेन्डामा स्पष्ट हुनपर्छ। नेतादेखि कार्यकर्तासम्म एउटा बोली हुनुपर्छ कि जनतामा संशय नहोस्। बोलेर मात्र हुँदैन, साँच्चिकै व्यवहारमा उतारेको प्रत्याभूति दिन सक्नुपर्छ।

नेपालमा देखिएको अत्यन्त मौलाएको खराव प्रवृत्ति अर्काको विरोध गरेर अगाडि बढ्न खोज्ने हो। त्यो क्षणिक हुन्छ भन्ने प्रमाणित पनि भैसकेको छ। साँच्चिकै आफूले के गर्नुपर्छ भन्ने कुराको हेक्का राख्न सक्नुपर्छ। अर्काको विरोध गर्दैमा जनताले विश्वास गर्दैनन्, आफ्नो व्यवहारमा परिवर्तन ल्याउन सक्नुपर्दछ सर्वप्रथम!

कांग्रेसले रूपान्तरणका लागि धेरै केही गर्नुपर्दैन। यसको सिद्धान्तअनुसारको स्पष्ट कार्यनीति, ठोस प्रजातान्त्रिक समाजवादी कार्यक्रम, सामाजिक सुरक्षाको प्रत्याभूति भएको कृषि तथा औद्योगिक क्रान्तिको कार्यक्रम अनि शिक्षा, स्वास्थ्य, आवास र खाद्य सुरक्षाको स्पष्ट कार्यदिशा ल्याएर केन्द्रीय पार्टी सभापतिदेखि सामान्य कार्यकर्तासम्म एउटा बोली लिएर जनतामाझ जान सक्नुपर्छ। खाली भाषण गरेर जनताले विश्वास गर्ने छैनन्। अनि मात्र पार्टीमा रूपान्तरण छाल आउनेछ।

प्रकाशित: २२ असार २०८० ००:२२ शुक्रबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
Download Nagarik App