२९ वैशाख २०८१ शनिबार
image/svg+xml
अन्तर्राष्ट्रिय

करसम्बन्धी ट्रम्पको गोप्य विवरण चुहियो

वासिङ्टन- अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पको कर चुक्तासम्बन्धी एउटा गोप्य विवरण चुहिएको छ। चुहिएको विवरणअनुसार सन् २००५ मा ट्रम्पको १५ करोड डलर भन्दा बढी आम्दानी भएको थियो। तर उनले करिब चार करोड डलर मात्रै कर तिरेको जानकारी एक टेलिभिजनले सार्वजनिक गरेको बिबिसीले जनाएको छ।

अमेरिकी टेलिभिजन नेटवर्क एमएसएनबिसीले 'ट्याक्स रिटनर्' सम्बन्धी दुई पानाको दस्तावेज सार्वजानिक गरेको हो। एमएसएनबिसी टेलिभिजनको कदमप्रति राष्ट्रपतिको कार्यालय ह्वाइट हाउसले भने गम्भिर प्रतिक्रिया व्यक्त गरेको छ। ह्वाइट हाउसले 'ट्याक्स रिटर्न' विवरण प्रकाशित गर्नु गैरकानुनी भएको प्रतिक्रिया दिएको छ। राष्ट्रपति चुनावी अभियानका बेला डोनाल्ड ट्रम्पले कर चुक्ताको विवरण सार्वजानिक गर्न अस्वीकार गरेका थिए।

उक्त टेलिभिजन च्यानलका अनुसार सन् २००५ मा डोनाल्ड ट्रम्पको आय १५ करोड डलर देखिएकोमा उनले जम्मा तीन करोड ८० लाख डलर कर बुझाएका थिए। यस हिसाबले आयमा करिब २५ प्रतिशत कर बुझाएको देखिन्छ। उनले सो वर्ष १० करोड डलर आम्दानी भएको विवरण पेश गरेर त्यति कर तिरेको पनि उक्त समाचारमा जनाइएको थियो। तर सन् २००५ पभन्दा अघि र पछि उनले कर बुझाएको कुनै प्रमाण एमएसएनबीसीले दिएको छैन।

रियल स्टेटका व्यापारी ट्रम्पले सन् १९९५ मा ९१ करोड ६० लाख डलर घाटा देखाएका थिए। यति ठूलो घाटा देखिएको कारण उनले १८ वर्षसम्म संघीय (फेडेरल) कर तिर्नु नपर्ने प्रावधानको फाइदा लिएका थिए। अमेरिकामा संघीय र राज्यले बेग्लाबेग्लै कर असुल्ने व्यवस्था रहेको छ।

प्रकाशित: ३ चैत्र २०७३ ०३:५३ बिहीबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App