१३ मंसिर २०८१ बिहीबार
image/svg+xml
मुख्य समाचार

नेपाल आयल निगम ऋणमुक्त

काठमाडौं-लामो समयदेखि सरकार र विभिन्न वित्तीय संस्थाको ऋणको भार बोक्दै आएको नेपाल आयल निगम आजबाट ऋण मुक्त भएको छ। निगमले तिर्न बाँकी रहेको ८० करोड ऋण र ६१ करोड व्याज गरी एक करोड ४१ लाख रुपैयाँ आइतबार तिरेको  निगमका प्रवक्ता मुकुन्द घिमिरेले बताए। ‘निगमले सबै ऋण तिरिसकेको छ,’ प्रवक्ता घिमिरेले भने, ‘अबको नाफा पूर्वाधार विकासमा लगानी गर्छौं।’
निगमले दुई वर्षको अवधिमा करिब ३६ अर्ब रुपैयाँ ऋण तिरेको छ । भारतबाट पेट्रोलियम पदार्थ(डिजेल, पेट्रोल, ग्यास, मट्टितेल, हवाई इन्धन) ल्याएर बेच्दै आएको निगमले नाफा भण्डारण क्षमता, डिपोको विकासमा खर्च गर्ने जनाएको छ । ऋण मुक्त भए पनि स्वचालित मूल्य प्रणालीमा जाने घोषणा गरेको निगमले पाँच महिनादेखि पट्रोल, डिजेलको मूल्य समायोजन गरेको छैन।

 

प्रकाशित: २६ असार २०७३ १३:२४ आइतबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App