यो नेपालमा हुन नहुने दर्भाग्य कुरा हो। भयो। यो रोग अन्य पार्टीमा पनि देखिए। हाम्रो पार्टीमा पनि देखियो।
राप्रपाभित्र त २०४७ सालदेखि पटक–पटक विभाजन, विवाद देखिँदै आएको छ, सबैभन्दा बढी रोग तपाईँंकै पार्टीमा देखियो नि?
यो शृंखला हो। पहिलेदेखि पार्टीको रूपमा विकसित हुँदै आउँदाखेरी बीचबीचमा अनेक कालखण्ड बिते। त्यसमा विभिन्न किसिमले पार्टी विकसित भइसक्यो यसलाई त्यसको निरन्तरता भन्न मिल्दैन।
यो विभाजन, विवाद सधंैंँ रहिरहने, यो लामो राजनीतिक जीवनकालमा व्यक्तिगत टकराव हो या सैद्धान्तिक?
कारक के हुन सक्छ भने एउटा आकांक्षा पनि हो। अब, दोस्रो कसैको अभीष्ट पूरा गर्ने खेल पनि हुन सक्छ।
राप्रपाको अध्यक्ष अब पार्टी कार्यालय कब्जा गरेका बसेका लोकेन्द्रबहादुर चन्द कि तपाईँ त?
यो कुरा प्रष्टै छ। कसैलाई शंका छैन। म त पार्टी अध्यक्ष भएरै आएको हो। तर मैले यसबीचमा एउटा पत्रकार सम्मेलन गरेर आफ्नो इच्छा व्यक्त गरेको छु। त्यो के भने म अहिले ८७ वर्षमा हिँडिराखेको छु। कार्यकालै भन्नुहुन्छ भने अध्यक्षको चार वर्ष हो। अधिवेशनले छानेको हो। तर, मेरो उमेरका कारणले गर्दा संविधान सभामा पनि छु म। ती कुराले गर्दा यसपटक पार्टीको अध्यक्ष पदबाट मैले फुर्सद लिन खोजेको हुँ। त्यो वक्तव्य दिएको थिएँ मैले। उहाँहरुले हेर्दा यसलाई राजीनामा ठान्नुभएछ। पढ्न जान्नुभयो कि भएन थाहा भएन। मैले हस्ताक्षर गरेर इच्छा व्यक्त गरेको थिएँ म यसो गर्छु भनेर। त्यो कार्यान्वयन गर्न बाँकी थियो। म अब त्यसलाई कार्यान्वयन गर्नेमा जान्छु भन्दा उहाँहरूले निवृत्त भइसकेको भनेर लिनुभयो। किन त्यसरी लिनुभयो थाहा भएन। उहाँहरूले भाषा जान्नुहुन्न भन्न मिल्दैन।
महाधिवेशनमा नेतृत्व चक्रीय प्रणालीमा जाने भनेर भद्र सहमति भएको थियो भन्ने छ नि?
केही छैन। महाधिवेशनमा यो कुरा उठेको हो। तर, महाधिवेशनले त्यो कुरालाई रिजेक्ट गरेको हो। हुँदैन यो हाँस्यास्पद हुन्छ भन्ने भएको हो। यो विषयलाई उहाँहरुले आफूले आकांक्षा राख्नु अस्वाभाविक भन्न पनि मिलेन। आकांक्षा राख्न जसले पनि पाउँछ। मैले पद छोड्ने भनेको सडकमा गएर पत्रकारलाई भनेर होइन। त्यसको पनि प्रक्रिया हुन्छ। मेरो राजीनामा बुझ्ने आधिकारिक निकाय सडक हुन सक्दैन। त्यसको प्रक्रिया हुन्छ। मूलभूत कुरा के हो भने पार्टी अध्यक्षले मेरो इच्छा यो छ भनेर भन्दा सबै लागु भयो भन्नु गलत हो। त्यो मैले प्रेसमार्फत भनेको थिएँ। प्रक्रिया कहाँ भन्दाखेरी अध्यक्षले राजीनामा दिने र अध्यक्ष छान्ने, तय गर्ने आधिकारिक निकाय अधिवेशन नै हो विधानअनुसार। त्यसको विकल्पमा के गर्ने भन्दा केन्द्रीय समिति छ। केन्द्रीय समितिमा राजीनामा दिएपछि केन्द्रीय समितिले नै नयाँ अध्यक्ष चयन गर्छ। त्यहाँ लोकेन्द्रबहादुर चन्दले पनि इच्छा जाहेर गर्न पाउनुहुन्छ। अथवा कुनै केन्द्रीय सदस्यले इच्छा जाहेर गर्न सक्छ। हामीसँग भनेको आधिकारिक केन्द्रीय समिति मात्रै छ। केन्द्रीय समितिबाट जो पनि हुन सक्थ्यो। त्यस्तो सडकबाट घोषणा गर्ने प्रवृत्ति गर्ने हो भने कसैले सडकबाटै म प्रधान मन्त्री भएँ भन्यो भने के हुन्छ? यस्तो हास्यास्पद कुरा अरु केही हुन सक्दैन। सडकबाट कुनै पार्टीको अध्यक्ष, राष्ट्रपति वा जेसुकै भएँ भनेर भन्न सक्छ। केन्द्रीय समितिको बैठक बोलाउँछु भनेकै थिएँ। त्यसलाई कुरेर त्यो प्रक्रियामा सहभागी भएको भए सकिहाल्थ्यो नि। घटना भन्नुहुन्छ भने यो दुर्भाग्य हो।
तपाईँंलाई एकाएक हटाएर आफू अध्यक्ष घोषणा गर्दा उहाँहरूको आरोप के हो?
उहाँहरुले समझदारीको कुरा राख्नुभएको छ। गत वर्ष यो कुरा चलेको हो। एक–एक वर्ष पालो गर्ने भन्ने कुरा चलेको हो। तर अधिवेशनमा भएको पनि होइन। त्यो प्रिन्सिपल लगेर जाँदा अधिवेशनले रिजेक्ट गरेको हो तर हाम्रोबीचमा कुरा गर्न त सकिन्छ। केही कुरा भएको भए आधिकारिक हुनुपर्योर। दस्तावेज हुनुपर्योब। विधानमा कहीँ छैन। अधिवेशनले पास गरेको पनि कहीँ छैन। मैले सुनेँ– उहाँले अधिवेशनले म्यान्डेट दिएको भन्नुभयो रे। अधिवेशनले पास गरेको सबै कुरा समावेश गरेर किताबै निस्केको छ। त्यहाँ कहीँ उल्लेख छैन। त्यतिबेला पास भएका सबै किताबमा आएका छन्। त्यसलाई पढे भइहाल्यो नि। मूल कुरा के हो भने इच्छा व्यक्त गर्न लोकेन्द्रबहादुरजीले पाउनुहुन्छ। मैले प्रक्रियागत भनेको छु। अहिले अधिवेशन हुन सक्दैन। यसको आधिकारिक निकाय भनेको केन्द्रीय समिति बैठक हो। केन्द्रीय समिति बोलाएकै थिएँ। त्यहाँ सबै कुरा फेस गरेको भए हुन्थ्यो। म त्यहाँबाट रिलिफ हुन्थेँ। आउने पनि त्यहाँबाट आउँथे। आउने पनि प्रक्रियाबाट आउने हो, जाने पनि प्रक्रियाबाट जाने हो। सामान्यतः मान्छेको जन्म र मृत्युसमेत प्रक्रियामा हुन्छ भने संगठनको प्रक्रिया मिच्ने काम गर्नुभएन। हठात उहाँहरुले पार्टी कब्जा भनेर गर्नुभयो। हल्ला गरिदिनुभयो। यसले पार्टीका जिम्मेवार हामीबाटै यस्तो गर्दा बाहिर राम्रो सन्देश गएन।
तपाईँं त निवृत्त हुँदै हुनुहुन्छ। अब पार्टीको प्रणाली कस्तो हुन्छ त?
चक्रीय प्रणाली गर्नूस् वा कुनै प्रणाली गर्नूस् त्यो पनि त प्रक्रियागत आउनुपर्योो। मान्नूस् केन्द्रीय समिति एक ठाउँमा छ। अधिवेशन एक ठाउँमा छ। मैले चक्रीय प्रणाली भनेर एउटा कोठाबाट दिएर बस्ने कुरा त भएन नि? मैले छाडेँ, अब तँ भइस् भनेर दिने त होइन होला नि? मैले दिने म को हुँ र? मैले दिने अनि लिने त्यो को हो? प्रश्न उठ्छ। त्यो काम पनि गरिएला तर वैधानिकता पाउने कसरी त? नभए त पार्टीको विधानै चाहिएन नि। हरकुश कुराको विधि हुन्छ। केटा र केटीले माया प्रेम गरे भने त्यसलाई वैधानिकता दिन टिकाटालो गर्नुपर्छ भने यो त पार्टी हो। यो घटना हुनु डेढ महिनाअघि नै उनीहरूले मेरो इन्टेन्सनमाथि शंका गर्दै प्रहार गर्न थालेका थिए। बैठक आउन बाँकी नै छ। सोधेको भए नि हुन्थ्यो– तँ के गर्दैछस् भनेर। मैले भन्ने थिएँ नि। यो ठूलो कुरो थिएन। बनाइदिनुभयो उहाँहरुले। मुलुकमा यस्ता बहुरूपी चर्चा धेरै हुने गरेका छन्। त्यसमा यो पनि एउटा थपियो।
तपाईँं निवृत्त हुँदै गर्दा पशुपतिशमशेर जवरालाई अध्यक्ष बनाउन लागेकाले चन्दजीले यस्तो कदम चालेको भनिन्छ नि?
त्यो पनि केही होइन। मैले छोडिसकेपछि त आधिकारिक जो पनि हुन सक्छ नि। भोलि पशुपतिशमशेर मात्रै होइन गुह्येश्वरीशमशेर, भैरवशमशेर पनि निस्कन सक्छ। केन्द्रीय समितिमा भएका त जो पनि अध्यक्ष हुन्छु भनेर निस्कन सक्छन नि। जब लोकेन्द्रजी इच्छा गर्नुहुन्छ भने पशुपतिले पनि किन नगर्नु? इच्छा जाहेर गर्ने कुरा नेच्युरल हुन्। कहाँ ठोक्किने भन्दा त्यो विधिसम्मत हुनुपर्छ भन्ने हो। हाम्रो अवस्था भनेको केन्द्रीय समितिमा यी कुरा ठोक्किन पुग्छ। केन्द्रीय समितिमा कसकसले इच्छा जाहेर गर्छन् त्यो त्यहीँ थाहा भइहाल्छ। त्यहाँ जसले जित्छ उही नै अध्यक्ष हुन्थ्यो। कुरा सक्किइसक्यो नि। म निवृत्त हुँदै गरेको मान्छेले बाह्र सत्ताइस कन्ट्रोभर्सिएल कुरा गरेर हिँड्नु छैन। निवृत्त हुन खोजेको उहाँहरूको दबाबले होइन। म निवृत्त हुन खोजेको आफ्नै एज फ्याक्टरले हो। ८७ वर्षको हुनाले हो। संविधान सभामा पनि जानुपर्ने भएकाले यो पार्टीको पदीय झमेला बोक्न सक्दिन, अब ओभर लोड हुन्छ भनेर निवृत्त हुन चाहेको हुँ। निवृत्त हुँदा विधानसम्मत जानुपर्योि। केन्द्रीय समितिमा दिन्छु भनेकै छु। त्यहाँ जान उहाँहरु किन डराउने?
तपाईँंहरूको विवाद चन्दजी र तपार्इँंको पुरानै व्यक्तिगत टकराव हो भनिन्छ नि?
व्यक्तिगत टकराव होइन। पर्सनालिटीको क्लास होइन। त्यसको निर्धारण त पिपुलले जज गरिहाल्छन् नि। भिन्न स्वभाव, भिन्न परिवेश, सारा कुरा भएको ठाउँमा व्यक्तिगत टकराव किन? म धूमधाम महत्वाकांक्षा लिएर हिँडेको भए पो वा यसमा ऊ बाधक भएर बसेको भए पो त्यस्तो हुने हो। मेरो प्रगतिमा उहाँ अवरोध भएर बस्ने फ्याक्टर होइन। भए अहिलेका मन्त्री होलान्, प्रधान मन्त्री होलान्, अरु पार्टीका नेता होलान्। त्यस्ताहरुसँग पो टकराव होला, उहाँसँग त केही हुने कुरै भएन।
विवाद चुलियो, के पार्टी एउटै भएर रहन सक्छ अब पनि?
पार्टी दुईवटा होला जस्तो लाग्दैन हेर्नुस् मलाई। किनभने पुरानो अनुभव पनि छ। दुईवटा पार्टी एक ठाउँमा मिसिएको पनि हो। दुईवटा पार्टी बनाएर कसैले चलाउन सक्ने स्थिति छैन। पार्टी बनाउने र चलाउने भन्ने गाह्रो विषय हो। पार्टी खोल्ने र चलाउने भनेर कसैले सोख राख्छ भने त्यसले पार्टी चलाउन सक्दैन। यसभित्र कति भूमिका निर्वाह गर्नुपर्छ र दायित्व पूरा गर्नुपर्छ भन्ने कुरा थाहै नभएकाले पार्टी खोल्न सक्छ। पार्टी चलाएर यति भुक्तभोगी भएकाले पार्टी अर्कै बनाउला भनेर सोचेको छैन। म पार्टी चलाएर चुनावमा जान्छु भन्ने आँट कसैको छैन। यो ज्यादै गाह्रो कुरा हो।
लोकेन्द्रबहादुर चन्दले एकाएक यसरी पार्टी कार्यालय कब्जा गर्ने शैलीलाई कसरी हेर्नुभएको छ?
यो त मध्ययुगीनकालमा एक राज्यले अर्को राज्यमा आक्रमण गरेजस्तो भयो। एउटा सरदारले अर्को गाउँको सरदारलाई आक्रमण गर्ने शैलीको भयो चन्दजीको कब्जा। त्यो के फाइदा? यसले न समस्या समाधान गर्छ। यसले त समस्या झन सिर्जना गर्छ। दुई जना बसेर के कुरामा चित्त बुझेन भन्ने कुरा हुन सक्थ्यो। यसले त झन टाढा पुर्याजइदियो। त्यसले नोक्सानी गर्यो्। यो दुर्भाग्य हो।
प्रकाशित: २२ जेष्ठ २०७१ २१:४१ बिहीबार