६ आश्विन २०८१ आइतबार
image/svg+xml
अन्तर्राष्ट्रिय

कारबाहीमा परी पाँच आईएस लडाकू मारिए

अफगानिस्तानको उत्तरी कुन्दुज प्रान्तमा आइएस वा इस्लामिक स्टेट्स (आईएस) सङ्गठनका सदस्यहरु लुकेको ठाउँलाई लक्षित गरी शुरु गरेको कारबाहीको क्रममा पाँच विद्रोहीको मृत्यु भएको प्रान्तीय प्रहरी प्रवक्ता अबिदुल्लाह अबिदीले बताएका छन्।

आतङ्ककारी लुक्ने ठाउँमा आज बिहान आक्रमण गर्दा पाँच जनाको घटनास्थलमा नै मृत्यु भएको अबिदीले बताए। सुरक्षाबलले गरेको कारबाहीमा सशस्त्र विद्रोहीहरू बनाएका दुष्ट योजनालाई विफल भएको बताइएको छ। गत वर्ष केही घातक बम विस्फोटको जिम्मेवारी लिएका कट्टरपन्थी इस्लामिक स्टेट्स सङ्गठनले अहिलेसम्म कुनै टिप्पणी गरेको छैन।

प्रकाशित: १ कार्तिक २०७९ ०९:५१ मंगलबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App