४ जेष्ठ २०८१ शुक्रबार
image/svg+xml
अन्तर्राष्ट्रिय

जिम्बाब्बेमा दश जना किसानको जलेर मृत्यु

जिम्बाब्वेको दक्षिणी प्रान्त माटाबेलेल्याण्डको एसिगोदिनीमा मङ्गलबार आगलागी हुँदा १० जना किसानको जलेर मृत्यु भएको छ। आगो निभाउन गएका १५ जना किसानमध्ये १० जनाको घटनास्थलमा जलेर ज्यान गएको थियो।

यसैबीच, राष्ट्रपति इमर्सन मनानगाग्वाले देशका गरिब किसानको आगलागीमा मृत्यु भएपछि अग्नि व्यवस्थापन रणनीति बनाउन आह्वान गरेका छन्। बुधबार शोक सन्देश जारी गर्दै उनले अग्नि व्यवस्थापन रणनीति विकास गर्नु अपरिहार्य भएको बताउँदै गर्मी याममा आगलागीको जोखिम बढ्ने भएकाले अग्नि जोखिम घटाउन नयाँ राष्ट्रिय रणनीति आवश्यक भएकामा जोड दिएका हुन्।

राष्ट्रपति मनानगाग्वाले वातावरण मन्त्रालय र नागरिक संरक्षण विभाग दुवैले आगो नियन्त्रणका लागि तत्काल व्यापक प्रतिकार्य पद्धति विकास गर्नुपर्ने बताए। प्रचण्ड गर्मी तथा वर्षा नहुँदा जिम्बाब्वे आगलागीको ठूलो जोखिममा छ। सरकारी अधिकारीहरूले खेतखलियानका झारपातमा आगो नझोस्न किसानहरूलाई सुझाव दिएका छन्।

प्रकाशित: २६ आश्विन २०७९ ०८:३१ बुधबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App