२० वैशाख २०८१ बिहीबार
image/svg+xml
अन्तर्राष्ट्रिय

उत्तर कोरियाद्वारा जापानमाथि ब्यालेस्टिक मिसाइल प्रहार

उत्तर कोरियाले उत्तरी जापानको एक क्षेत्रमा मध्यम दुरीको ब्यालेस्टिक मिसाइल प्रहार गरेको छ। सन् २०१७ यता उत्तर कोरियाले जापानमाथि प्रहार गरेको यो पहिलो क्षेप्यास्त्र भएको बिबिसीले जनाएको छ।

उत्तरी जापानमा ब्यालेस्टिक मिसाइल प्रहार भएपछि जापान सरकारले होक्काइडो टापुमा केही समय उडान तथा रेल सञ्चालन नगर्न निर्देशन दिएको छ।

अधिकारीहरूका अनुसार उक्त क्षेप्यास्त्र जापानबाट करिब तीन हजार किलोमिटर पर प्रशान्त महासागरमा खसेको थियो। त्यसको क्षति विवरण भने आएको छैन।

जापानका प्रधानमन्त्री फुमियो किशिदाले उक्त प्रक्षेपणलाई 'हिंसक व्यवहार' भन्दै उक्त कार्यको कडा निन्दा गरेका छन्। पछिल्लो परिस्थितिलाई लिएर जापान सरकारले राष्ट्रिय सुरक्षा परिषद्को बैठक बोलाएको छ।

संयुक्त राष्ट्रसंघले उत्तर कोरियालाई ब्यालेस्टिक र आणविक हतियार परीक्षण गर्न प्रतिबन्ध लगाएको छ।

प्रकाशित: १८ आश्विन २०७९ ०७:५७ मंगलबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App