२१ वैशाख २०८१ शुक्रबार
image/svg+xml
अन्तर्राष्ट्रिय

अमेरिकाको मेरिल्याण्डमा गोली प्रहारबाट पाँच जनाको मृत्यु

फाइल तस्बिर

संयुक्त राज्य अमेरिकाको मेरिल्याण्ड राज्यको सेसिल काउन्टीको एक घरमा  शुक्रबार पाँच जना मृत अवस्थामा फेला परेका छन्। मृतकहरूमा दुई बयस्क र तीन बालबालिका छन्।

सेसिल काउन्टी शेरिफको कार्यालयले विज्ञप्तिमा जनाएअनुसार एक पुरुषले बिहान ९११ मा फोन गरी तीन बालबालिका र एक महिलालाई गोली लागेर मृत्यु भएको जानकारी दिएका थिए।

सो जानकारीपछि सुरक्षा अधिकारीहरू सो निवासमा प्रवेश गर्दा मृतकहरूको शव विभिन्न स्थानहरूमा फेला पारेका थिए।

'यो हाम्रो काउन्टी र हाम्रो समुदायको लागि दुःखद र भयानक दिन हो,' सेसिल काउन्टी शेरिफ स्कट एडम्सले शुक्रबार दिउँसो पत्रकारहरूलाई  बताएका छन्।

घटना बारे सक्रिय  रूपमा अनुसन्धान गरिरहेको अधिकारीहरूले बताएका छन्।

प्रकाशित: २५ भाद्र २०७९ ०७:२२ शनिबार

अमेरिकाको मेरिल्याण्ड राज्य