२२ असार २०८१ शनिबार
image/svg+xml
अन्तर्राष्ट्रिय

पाकिस्तान दुतावासले मनायो ७५ औं स्वतन्त्रता दिवस

नेपालस्थित पाकिस्तान दुतावासले पाकिस्तानको  ७५औं स्वतन्त्रता दिवस मनाएको छ।

दिवसको अवसरमा आज पाकिस्तानी राजदूतावासमा एक साधारण र भव्य झण्डा फहराइएको छ। झण्डा  राजदूत सैयद हैदर शाहले फहराएका थिए।  

उनले पाकिस्तानका राष्ट्रपति र प्रधानमन्त्रीको सन्देश पढेर सुनाएका थिए। कार्यक्रमलाई सम्बोधन गर्दै राजदूत सैयद हैदर शाहले कायद.ए.आजम मोहम्मद अली जिन्नाको नेतृत्वमा भएको पाकिस्तान आन्दोलनको इतिहासको स्मरण गरे।  

जम्मु कश्मीर विवादको उल्लेख गर्दै राजदूतले यस क्षेत्रको दिगो शान्ति, स्थायित्व र समृद्धिका लागि जनताको चाहना र संयुक्त राष्ट्र संघको प्रस्ताव अनुसार लामो समयदेखि चलिरहेको यस विवादको समाधान अपरिहार्य रहेको बताए।

उनले नेपाल–पाकिस्तान मैत्री तथा सांस्कृतिक संघले दुई देशबीचको मैत्रीपूर्ण सम्बन्धको प्रवर्द्धनका लागि गरेको प्रयासको प्रशंसा गरे। 

कार्यक्रममा बोल्दै श्रम, रोजगार तथा सामाजिक सुरक्षामन्त्री शेरबहादुर कुँवरले नेपाल र पाकिस्तानबीचको घनिष्ठ र सौहार्दपूर्ण सम्बन्धको स्मरण गर्दै नेपालको विकास प्रयासमा पाकिस्तानले गरेको सहयोगको प्रशंसा गरे।

नेपालका उपराष्ट्रपति नन्दबहादुर पुनको प्रमुख आतिथ्यता रहेको कार्यक्रममा विशेष अतिथि  श्रम, रोजगार तथा सामाजिक सुरक्षामन्त्री शेरबहादुर कुँवर रहेका थिए। कार्यक्रममा नेपालका नागरिक समाजका सदस्य, कूटनीतिज्ञ र पाकिस्तानी समुदायको सहभागिता रहेको थियो।

प्रकाशित: ३० श्रावण २०७९ ०६:३८ सोमबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App