चीनले अमेरिकी सभामुख न्यान्सी पेलोसी र उनकी परिवारका सदस्यहरुमाथि प्रतिबन्ध लगाउने घोषाणा गरेको छ।
ग्लोबल टाइम्सका अनुसार पेलोसीले चीनको गम्भीर चासो र कडा विरोधकाबीच ताइवानको भ्रमण गरेका कारण प्रतिबन्ध लगाईएको शुक्रबार चिनियाँ विदेश मन्त्रालयले जनाएको छ।
'यसले चीनको आन्तरिक मामिलामा गम्भीर हस्तक्षेप गर्छ, चीनको सार्वभौमसत्ता र क्षेत्रीय अखण्डतालाई कमजोर बनाउँछ, एक चीन सिद्धान्तलाई कुल्चिन्छ र ताइवान जलडमरूमा शान्ति र स्ठिरतालाई खतरामा पार्छ', परराष्ट्र मन्त्रालयका प्रवक्ताले भने।
प्रकाशित: २० श्रावण २०७९ ०९:२२ शुक्रबार