१ जेष्ठ २०८१ मंगलबार
image/svg+xml
अन्तर्राष्ट्रिय

अज्ञात समूहद्वारा एकै परिवारका पाँच जनाको हत्या

मध्य नाइजेरियामा अज्ञात समूहले एकै परिवारका पाँच जनाको वीभत्स हत्या गरेको छ। बन्दुकधारीहरूको अज्ञात समूहले पठार राज्यको एक समुदायमा आक्रमण गर्दा पाँच जनाको मृत्यु भएको स्थानीय अधिकारीहरूलाई उद्धृत गर्दै प्रहरीले जनाएको छ।  

घटनामा मारिएका सबै फुसा समुदायका सदस्य भएका जनाउँदै प्रहरीले सन्दिग्ध अपराधीहरूको खोजी भइरहेको बताएको छ। सर्वाधिक जनसङ्ख्या भएको नाइजेरिया शृङ्खलाबद्ध सशस्त्र आक्रमणको शिकार बनेको छ। यो वर्ष धेरै सर्वसाधारण र सुरक्षाकर्मी त्यस्ता आक्रमणमा मारिएका छन्।

प्रकाशित: ८ श्रावण २०७९ ०६:५४ आइतबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App