२२ असार २०८१ शनिबार
image/svg+xml
अन्तर्राष्ट्रिय

सात अर्ब ९५ करोड ४० लाख पुग्यो विश्वकाे जनसंख्या, १६ देखि ६४ वर्षका ६५ प्रतिशत (रोचक विवरणसहित)

विश्व जनसंख्या दिवस हरेक वर्ष जुलाई ११ आजका दिन मनाइन्छ। यो शृखला सन् १९९० देखि चल्दै आएको छ।

संयुक्त राष्ट्र विकास कार्यक्रमको गभर्निङ काउन्सिले सन् ९१९८ देखि जुलाई ११ लाई विश्व जनसंख्या दिवसका रूपमा मनाउने निर्णय गरेको थियो। सन् १९९० मा विश्वका ९० देशमा पहिलो पटक ‘विश्व जनसंख्या दिवस’ मनाइएको थियो।

सन् १९८७ जुलाई ११ मा विश्वको जनसंख्या ५ अर्ब पुगेको थियो। बढ्दो जनसंख्या र त्यसले वातावरण, विकासमा पार्ने असरका बारेमा विश्वभरका जनतालाई सचेत गराउनु आवश्यक देखिएपछि दिवस मनाउन सुरु गरिएको हो।  

यही कुरालाई ध्यानमा राख्दै संयुक्त राष्ट्रसंघले विश्व वातावरण दिवस पनि मनाउन थालेको हो।

संयुक्त राष्ट्रसंघीय जनसंख्या कोष (युएनएफपीए)ले विश्व जनसंख्या दिवसलाई मानव प्रगतिको उत्सवका रूपमा मनाउनुपर्ने बताएको छ। किनभने सबै चुनौतीका बाबजुद पनि इतिहासको अन्य कुनै पनि कालखण्डको तुलनामा यस समयमा विश्वमा धेरै उच्च शिक्षित र स्वस्थ व्यक्तिहरू छन्। कोषले जनतालाई समस्या होइन, समाधानका रूपमा हेर्नुपर्छ भन्छ।

कति छ त विश्वको जनसंख्या?

युएनएफपीएको तथ्यांकअनुसार हाल विश्वको जनसंख्या ७ अर्ब ९५ करोड ४० लाख छ। यसमध्ये ६५ प्रतिशत जनसंख्या १५ देखि ६४ वर्ष उमेर समूहको छ। ६५ वर्ष भन्दामाथिका व्यक्तिहरू १० प्रतिशत र १४ वर्षभन्दा मुनिकाले २५ प्रतिशत हिस्सा ओगटेका छन्।

युएनएफपीएका अनुसार अबको केही महिनामा विश्वको जनसंख्या ८ अर्ब पुग्न सक्नेछ।

यी तथ्याङ्कहरू कति छिटो बढ्दै छन, तपाइँ अनुमान गर्न सक्नुहुन्छ कि विश्वको जनसंख्या १ अर्ब पुग्न लाखौं वर्ष लाग्यो। तर १ अर्बबाट ७ अर्बमा पुग्न करिब २०० वर्ष मात्र लाग्यो।

सन् २०११ मा विश्वको जनसंख्या करिब ७ अर्ब थियो। जुन २०२१ मा बढेर ७ दशमलन ९ अर्ब पुगेको छ। संयुक्त राष्ट्र संघको अनुमान अनुसार सन् २०३० सम्ममा ८ अर्ब ५ करोड, सन् २०५० सम्म ९ अर्ब ७ करोड र सन् २१०० सम्ममा १० अर्ब ९ करोड पुग्नेछ।

प्रजनन उमेरसम्म बाँच्ने मानिसको बढ्दो संख्या, प्रजनन दरमा आएको परिवर्तन, सहरीकरण र बसाइँसराइँ जस्ता कारकहरू यस्तो वृद्धि हुनुको कारण रहेको संयुक्त राष्ट्रसंघले जनाएको छ। पछिल्ला केही दशकहरूमा प्रजनन दर र मानिसहरूको आयुमा ठूलो परिवर्तन आएको छ।

सन् १९७० को सुरुमा, प्रति महिला ४ दशमलव ५ बच्चाहरु हुन्थे। सन् २०१५ सम्म, प्रजनन क्षमता प्रति महिला २ दशमलव ५ भन्दा कम बच्चाहरुमा झरेको थियो।

त्यस्तै, सन् १९९० को शुरुमा औसत आयु ६४ दशमलव ६ वर्ष रहेको थियो भने सन् २०१९ मा बढेर ७२ दमशलव ६ वर्ष पुगेको छ।

सहरीकरणको कुरा गर्दा, २००७ पहिलो वर्ष थियो जब ग्रामीण क्षेत्रको तुलनामा सहरी क्षेत्रमा बढी मानिस बस्न थालेका थिए। सन् २०५० सम्ममा विश्वको ६६ प्रतिशत जनसंख्या सहरमा बस्ने अनुमान गरिएको छ।

सन् २०२७ मा भारत चीनभन्दा बढी जनसंख्या भएको देश हुने अनुमान गरिएको छ।  

वर्ड पपुलेशन प्रोस्पेक्ट, २०१९ काअनुसार, एशियाले विश्वको जनसंख्याको ६० प्रतिशत भन्दा बढि हिस्सा ओगटेको छ। चीन र भारत विश्वका सबैभन्दा बढी जनसंख्या भएका देश हुन्।

एउटा अनुमान अनुसार सन् २०२७ को आसपासमा भारत जनसंख्याको हिसाबले चीनलाई उछिनेर विश्वको सबैभन्दा बढी जनसंख्या भएको देश बन्नेछ। युएनएफएका अनुसार हाल चीनको जनसंख्या १ अर्ब ४४ करोड छ। योसँगै भारतको जनसंख्या करिब १ अर्ब ४० करोड छ।

विश्वको जनसंख्यासँग सम्बन्धित केही विशेष जानकारी

१. २० औं शताब्दीको मध्यदेखि, विश्वको जनसंख्या अभूतपूर्व दरमा बढेको छ। सन् १९५० देखि २०२० सम्म विश्वको जनसंख्या तीन गुणाले बढेको छ।

२. सन् १९६५ र १९७० कोबीचमा विश्वको जनसंख्या वृद्धि दर चरम सीमामा थियो, बार्षिक २ दशमलव १ प्रतिशतले बढीरहेको थियो।

३. सन् २००० देखि सन् २०२० को बीचमा, जनसंख्या १ दशमलव २ प्रतिशतका दरले बढ्दै गए पनि ४८ वटा देश वा क्षेत्रहरूमा जनसंख्या कम्तिमा दोब्बर छिटो बढ्यो। यसमा अफ्रिकाका ३३ देश वा क्षेत्रहरू र एसियाका १२ वटा देशहरू समावेश थिए।

४. २० औं शताब्दीको मध्यदेखि विकसित देशहरूमा वयस्कहरूको आयु बढेको छ। १०० वर्ष पुगेका मानिसहरूको संख्या आजको भन्दा बढी कहिल्यै बढेको थिएन।  

स्रोतः बिबिसी हिन्दी

प्रकाशित: २७ असार २०७९ १२:१४ सोमबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App