१३ आश्विन २०८१ आइतबार
image/svg+xml
अन्तर्राष्ट्रिय

संयमता अपनाउन सुडान र इथियोपियालाई अफ्रिकी युनियनको आग्रह

अफ्रिकी युनियनले संयमता अपनाउन सुडान र इथियोपियालाई आग्रह गरेको छ। अफ्रिकी युनियनका अध्यक्ष माउसा फाकी माहमतले सो आग्रह गरेका हुन्।  

उनले पछिल्ला दिनहरुमा सुडान र इथियोपियाबीचको आन्तरिक द्वन्द्व चर्किँदै गएको भन्दै संयम रहन आग्रह गरेका हुन्।  

पछिल्ला दिनहरुमा यी दुई देशकाबीचमा विवाद चर्किएकाले त्यसो नगर्न र आन्तरिक रुपमा वार्ता गरी विवादको समाधान गर्न उनले आग्रह गरेका छन्।  

अध्यक्ष माहमतले यी दुई देशलाई आपसी झगडा अघि नबढाउन र शान्ति वार्ताका माध्यमबाट समस्याको समाधान गर्न यी दुवै देशलाई आग्रह गरेका छन्।  

सुडान र इथियोपियाका बीचमा सीमा क्षेत्रमा भएको विवादका कारण हिंसाको रुप लिएको छ। सुडानले आफ्ना केही सेना सीमा क्षेत्रमा इथियोपियाले हत्या गरेको जनाएको छ।

सो हत्याका विरुद्धमा उसले संयुक्त राष्ट्रसंघमा उजुरी दिने पनि जनाएको छ। यो आन्तरिक मामिलालाई संयुक्त राष्ट्रसंघसमक्ष नलगी आपसी वार्ताबाट समाधान गर्न अफ्रिकी युनियनका अध्यक्षले आग्रह गरेको बताइएको छ। 

प्रकाशित: १६ असार २०७९ १०:१६ बिहीबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App