१३ मंसिर २०८१ बिहीबार
image/svg+xml
अन्तर्राष्ट्रिय

श्रीलङ्काका प्रधानमन्त्रीले आर्थिक पुनरुत्थानको मार्गचित्र प्रस्तुत गर्ने

श्रीलङ्काका प्रधानमन्त्री रनिल विक्रमासिङ्घेले वर्तमान आर्थिक सङ्कटबाट देशलाई पार लगाउनका लागि छिट्टै संसद्मा मार्गचित्र प्रस्तुत गर्ने भएका छन्। विक्रमासिङ्घेले वर्तमान आर्थिक अवस्थाबारे छलफल गर्न बिहीबार राति भेटेका सांसद्हरूबाट प्रस्ताव र सुझाव लिएर यो रोडम्याप बनाइने बताएका हुन्।

बिहीबार राति अर्थ मन्त्रालयका सचिव महिन्दा सिरिवर्द्धनाले वर्तमान आर्थिक सङ्कटबाट बच्न सरकारको अल्पकालीन र मध्यकालीन रणनीतिबारे सांसद्हरूलाई जनाकारी दिनुभएको थियो। पछिल्लो समय श्रीलङ्का स्वतन्त्र भएपछि सबैभन्दा गम्भीर आर्थिक सङ्कटको सामना गरिरहेको छ।

देशको सरकारी इन्धन वितरक सिलोन पेट्रोलियम कर्पोरेशनले आफूसँग ५ हजार मेट्रिक टन मात्रै पेट्रोल रहेको र यसरी दैनिक ५ सय मेट्रिक टन मात्रै ग्यास पसलमा निकासी हुने गरेको बताएको छ। देशमा हाल चरम इन्धन सङ्कट छ।

प्रकाशित: ३ असार २०७९ ०६:०३ शुक्रबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App