४ पुस २०८१ बिहीबार
image/svg+xml
अन्तर्राष्ट्रिय

युक्रेन संकटले पूर्वी अफ्रिकी क्षेत्रमा खाद्य संकट पर्न सक्ने

हालैका दिनहरुमा युक्रेनमा जारी रहेको संकटका कारण विशेष गरी पूर्वी अफ्रिकी क्षेत्रमा खाद्यान्न संकट पर्न सक्ने संयुक्त राष्टसंघले जनाएको छ।

संयुक्त राष्ट्रसंघीय विश्व खाद्य कार्यक्रमले मंगलबार सो चेतावनी दिएको समाचारमा जनाइएको छ। संयुक्त राष्ट्रसंघीय विश्व खाद्य कार्यक्रमले युक्रेनमा जारी रहेको संकटका कारण यहाँ खाद्यान्न आपूर्तिमा अवरोध पुग्ने गरेको छ।

खाद्यान्न आपूर्तिमा भएको असहजता, बजारको अनिश्चितता र अत्यावश्यक वस्तुहरुको आपूर्तिमा समेत अवरोध पुग्दा यस्तो अवस्था आउने सो कार्यक्रमले जनाएको समाचारमा उल्लेख गरिएको छ।

महिनौ यतादेखि युक्रेन हुँदै यहाँ आपूर्ति हुने गरेको खाद्यान्नमा कमी आइसकेको, संकटका लागि खाद्यान्न भण्डारण गर्ने अवस्था पनि नरहेको सो कार्यक्रमले मंगलबार जनाएको छ।

संयुक्त राष्ट्रसंघीय विश्व खाद्य कार्यक्रमले गरेको एक अध्ययनमा अत्यावश्यक सामग्री तथा खाद्यान्न आपूर्तिका लागि मानवीय सहायतासम्बन्धी कोरिडोर सञ्चालन हुन नसकेको भन्दै यसले आगामी केही दिनमै यहाँ खाद्यान्न अभाव हुन जाने संयुक्त राष्ट्रसंघीय विश्व खाद्य कार्यक्रमले जनाएको छ।

प्रकाशित: २ असार २०७९ ०६:२८ बिहीबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App