२२ असार २०८१ शनिबार
image/svg+xml
अन्तर्राष्ट्रिय

अफगानिस्तानमा ७० जोडीको सामूहिक विवाह

अफगानिस्तानको राजधानी काबुलमा ७० जोडीको सामूहिक विवाह भएको छ।आफै विवाह गर्ने खर्च नभएकाहरुका लागि स्थानीय एक सामाजिक सस्थाले सामूहिक विवाह समारोह आयोजना गरिदिएको हो।  

'सिलाब फाउन्डेसन भन्ने संस्थाले ७० जोडीको समूहिक विवाह समारोह आयोजना गरेको हो,' एक स्थानीय अधिकारीले भने। आर्थिक समस्याका कारणले आफै विवाह समारोह आयोजना गर्न नसक्ने जोडीहरुका लागि आफूहरुले विवाह समारोह आयोजना गरिदिएको फाउन्डेसनका पदाधिकारीहरुले जनाएका छन्।

विवाह समारोहमा विवाह गर्ने बेहुला बेहुलीसँगै उनीहरुका सिमित आफन्तहरु मात्रै सहभागी भएका थिए। अफगानिस्तानमा विवाह समारोहको आयोजना गर्नु धेरै महङ्गो मानिन्छ। तालिबान सरकारले पनि महङ्गो विवाह समारोहहरु आयोजना गर्न निरुत्साहित गरेको छ।

प्रकाशित: ३१ जेष्ठ २०७९ ०८:२९ मंगलबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App