५ जेष्ठ २०८१ शनिबार
image/svg+xml
अन्तर्राष्ट्रिय

तालिबान शासनमा महिला अधिकार उल्लङ्घनका घटना बढे

अफगानिस्तानमा तालिबानको शासनमा महिला अधिकार उल्लङ्घनका घटना वृद्धि भएकामा मानवअधिकारवादी संस्था ह्युमन राइट्स वाच (एचआरडब्लू) ले गम्भीर चिन्ता व्यक्त गरेको छ।  

तालिबानले महिला अधिकारको सम्मान गर्ने सार्वजनिक प्रतिबद्धता पूरा नगरेको, उनीहरूलाई अत्यावश्यक बाहेक आफ्नो घरबाट बाहिर ननिस्कन र अनुहारसहित सम्पूर्ण शरीर ढाकेर मात्र निस्कन उर्दी जारी गरेकामा त्यसको निन्दा गर्दै एचआरडब्लूले तालिबानले गरेको महिला अधिकार उल्लङ्घनको सूची लामो र बढ्दै गएको बताएको हो।

महिलाहरूलाई घरबाहिरका काममा र  किशोरीहरूलाई माध्यमिक शिक्षामा लगाइएको प्रतिबन्धको आलोचना गर्दै एचआरडब्लूले महिला र बालिकालाई हिंसाबाट जोगाउने प्रणालीलाई भत्काइएको र उनीहरूलाई स्वास्थ्य सेवा पाउन कठिन भएको जनाएको छ।

तालिबानले सत्ता कब्जापछि महिला र किशोरीहरूमाथि गरेका दुव्र्यवहारको अन्तर्राष्ट्रिय र क्षेत्रीय सङ्गठनहरूले निन्दा गर्दै वक्तव्य निकाले पनि महिला र बालिकाहरूको अधिकार रक्षा तालिवानका दुव्र्यवहार अन्त्य गर्न दवाव नदिएको उक्त संस्थाले बताएको छ।

प्रकाशित: २५ जेष्ठ २०७९ १०:१८ बुधबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App