१६ वैशाख २०८१ आइतबार
image/svg+xml
अन्तर्राष्ट्रिय

भारतीय अभिनेता गोविन्दालाई कोरोना संक्रमण

भारतीय अभिनेता गोविन्दा कोरोना भाइरसबाट संक्रमित भएका छन्। भारतीय सञ्चारमाध्यमले अभिनेता गोविन्दालाई कोरोना भाइरसकाे संक्रमण पुष्टि भएको खबर सार्वजनिक गरेका छन्।  

अभिनेता गोविन्दाले आफूले होसियारी गर्दागर्दै पनि कोरोना पोजिटिभ देखिएको र अहिले होम क्वारेन्टिनमा बसेको बताएका छन्।

भारतमा कोरोना भाइरसको दोस्रो लहर तीव्र गतिले फैलिरहेको छ। यसैक्रममा बलिउडलाई पनि कोरोनाले आफ्नो चपेटमा लिएको छ। हालै मात्र भारतीय अभिनेता अक्षय कुमार, आलिया भट्टलगायतका चर्चित कलाकारहरु पनि कोरोनाबाट संक्रमित भइसकेका छन्।

प्रकाशित: २२ चैत्र २०७७ १३:२६ आइतबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App