१४ आश्विन २०८१ सोमबार
image/svg+xml
अन्तर्राष्ट्रिय

अफ्रिकी मुलुककाे बाटामा भएकाे विस्फोटमा मृत्यु हुनेको संख्या ९८ पुग्यो

अफ्रिकी मुलुक इक्वेटोरियल गिनीको सबैभन्दा ठूलो शहर बाटामा भएको विस्फोटमा मृत्यु हुनेको संख्या ९८ जना पुगेको अधिकारीहरुले बताएका छन्। गिनीको स्वास्थ्य मन्त्रालयका अनुसार उक्त दुर्घटनामा अरु ६ सय १५ जना घाइते भएका छन्।  

मन्त्रालयले घाइतेमध्ये ३ सय १६ जना अस्पतालबाट डिस्चार्ज भएका छन् भने २ सय ९९ जना अस्पतालमा उपचार गराइरहेको जनाएको छ।  

बाटास्थित एन्कोआन्टोमा सेनाको ब्यारेकमा राखिएको विस्फोटक पदार्थमा आइतबार अपराह्न आगो लागेपछि उक्त दुर्घटना भएको थियो। किसानले खेतमा बालेको आगो सैन्य शिविरभित्र पनि फैलिएको थियो।

घाइतेको संख्या धेरै भएपछि स्थानीय स्वास्थ्य संस्थाहरुले सर्वसाधारणलाई रक्तदान गर्न आह्वान गरेका थिए। बाटामा रहेको चिनियाँ स्वास्थ्य टोलीले घाइतेको उद्धारमा सहयोग गर्नुका साथै चिकित्सा उपकरण स्थानीय अस्पताललाई उपलब्ध गराएको थियो।  

विस्फोट स्थलको आगो सोमबार अपराह्नसम्ममा नियन्त्रणमा ल्याइएको थियो। गिनीको बाटा शहर सबैभन्दा बढी मानिसको बसोबास रहेको स्थान हो।

प्रकाशित: २५ फाल्गुन २०७७ ०७:३२ मंगलबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App