४ पुस २०८१ बिहीबार
image/svg+xml
अन्तर्राष्ट्रिय

जापानमा एकैदिन झण्डै सय उडान रद्ध

जापानमा शुक्रबार एकै दिनमा झण्डै एक सय उडान रद्ध भएका छन्।

अत्यधिक हावा हुरी र हिमपातका कारण यति धेरै उडानहरु रद्ध भएको अधिकारीहरूले जानकारी दिएका छन्। हावा हुरी र हिमपात विषेश गरेर देशको उत्तरी भागमा परेको हो।

जापानका सवैभन्दा ठूला विमान सेवा प्रदायक कम्पनी मानिने अल निप्पन एयरवेज (एएनए) र जापान एयरलाइन्स (जेएएल)ले मात्रै क्रमशः ४६ र ३४ ओटा उडान रद्ध गरेको जनाइएको छ।  

धेरै उडान होकाइदो र उत्तरी होन्शुबाट हुने उडान रहेको अधिकारीहरुले जानकारी दिएका छन्। कुल ९८ ओटा उडान रद्ध भएको हो। होकाइदोमा शुक्रबार प्रति सेकेण्ड ३० मिटरको गतिमा हावा हुरी आएको थियो।  

प्रकाशित: १७ माघ २०७७ ०२:१६ शनिबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App