५ आश्विन २०८१ शनिबार
image/svg+xml
अन्तर्राष्ट्रिय

पाकिस्तानमा बन्यो बलात्कारीलाई नपुंसक बनाउने कानुन

प्रतिकात्मक तस्बिर

पाकिस्तानमा बलात्कारविरुद्ध नयाँ कानुन ल्याइएको छ। बलात्कारसम्बन्धी मुद्दा चाँडो सम्बोधन गर्न र कडा सजाय दिने उद्देश्यले नयाँ प्रावधान बनाइएकाे हाे। 

बिबिसीका अनुसार कडा सजायअन्तर्गत बलात्कार ठहर भए दोषीलाई रासायनिक प्रयोगमार्फत नपुंसकसमेत बनाइने व्यवस्था गरिएकाे हाे।

मंगलबार पाकिस्तानका राष्ट्रपतिले बलात्कारविरुद्ध बनेको नयाँ कानुनमा हस्ताक्षर गरेका छन्।  

यस अध्यादेशअनुसार यौन अपराधरमा संलग्न व्यक्तिलाई राष्ट्रिय सूचीमा राखिनेछ र पीडितको पहिचान गोप्य राखिनेछ। साथै बलात्कार घटनाका केही अपराधीलाई नपुंसकसमेत बनाउन सकिने उल्लेख छ।  

बलात्कारसम्बन्धी मुद्दा सुनुवाइका लागि विशेष फास्ट ट्र्याक अदालत गठन गरिनेछ र त्यसले ४ महिनाभित्र सुनुवाइ सकेर फैसला सुनाउनेछ।  

लाहौरको बर्बर घटना

लाहौर सहरबाहिर एक महिलालाई गरिएको सामूहिक बलात्कारपछि पाकिस्तानमा यौन अपराधविरुद्ध व्यापक आवाज उठेको हो। त्यसैको परिणामस्वरूप बलात्कारविरुद्ध कडा कानुन बनाइएको हो।

ती महिला आफ्ना २ बच्चाका साथ लाहौरतर्फ आउँदै थिइन्। त्यसै क्रममा उनीविरुद्ध राजमार्गकाे किनारमै सामूहिक बलात्कार गरिएको हो।  

लाहौरका सबैभन्दा उच्च प्रहरी अधिकारीले घटना हुनुमा महिला स्वयं पनि दोषी रहेको बताएका थिए। त्यसपछि नागरिकलाई झन् आक्रोशित बनाएको थियो। घटना तथा उनको अभिव्यक्तिविरुद्ध व्यापक विरोध प्रदर्शन हुन थालेपछि पाकिस्तान सरकारले कडा कदम उठाउने प्रतिबद्धता जनाएको थियो।  

कानुनको आलोचना

पाकिस्तानका प्रधानमन्त्री इमरान खान तथा उनको मन्त्रिपरिषद्ले गत महिना बलात्कारविरुद्ध उक्त अध्यादेश अनुमोदन गरेको थियो। त्यसपछि मंगलबार राष्ट्रपति आरिफ अल्वीले अध्यादेशमा हस्ताक्षर गरेका हुन्।  

तर पाकिस्तानमा यस्ता मानिस पनि छभन्, जसले कानुनको आलोचना गरेका छन्। उनीहरूले सजाय धेरै कडा भएको र सरकारी अधिकारीले यो बनाउनुअघि विचार विमर्श नगरेको आरोप लगाएका हुन्।

प्रकाशित: १ पुस २०७७ ०८:२९ बुधबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App