५ आश्विन २०८१ शनिबार
image/svg+xml
अन्तर्राष्ट्रिय

चर्च भवन भत्किँदा २२ जनाको मृत्यु, मृतकको संख्या बढ्ने आशंका

फाइल तस्बिर : घाना

घानामा चर्च रहेको भवन भत्किँदा कम्तीमा २२ जनाको मृत्यु भएको छ। 

देशको पूर्वी क्षेत्रमा शुक्रबार भएको घटनामा परी अरु कैयौँ घाइते भएको स्थानीय अधिकारीले जानकारी दिएका छन्।

भत्किएकाे भवन ६ तले हाे। घटनास्थलबाट २२ जनाको शव निकालिएको छ। सुरुमा १८ जनाको मात्रै मृत्यु भएको भनिएकोमा चार जनाको शव पछि भेटिएको हाे। खोजी तथा उद्धार कार्य जारी रहेकाले मृत्यु भएकाहरुको संख्या अझै धेरै हुनसक्ने अधिकारीहरुले अनुमान गरेका छन्। 

घटना भएका बेला घटनास्थलमा ६० जना रहेको समाचार स्थानीय सञ्चार माध्यमहरुले संप्रेषण गरेका छन्।

प्रकाशित: ८ कार्तिक २०७७ १०:३२ शनिबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App