१ मंसिर २०८१ शनिबार
image/svg+xml
अन्तर्राष्ट्रिय

ट्रम्प बिरामी परे, एक महिनापछि हुने राष्ट्रपतिकाे चुनाव अब के होला?

अमेरिकाका राष्ट्रपति डोनाल्ड ट्रम्प नयाँ राष्ट्रपति चयनका लागि  चुनाव हुनु ठीक एक महिनाअघि कोरोना संक्रमणका कारण बिरामी परेका छन्। निर्वाचन आगामी नोभेम्बरमा हुँदै छ।  

त्यसमा रिपब्लिकन पार्टीका ट्रम्प डेमोक्रेटिक पार्टीका नेता जो बाइडेनसँग प्रतिस्पर्धा गर्दै छन्।  

यहीबीच वर्तमान राष्ट्रपति एवं आगामी कार्यकालका लागि उम्मेदवार बनेका ट्रम्प बिरामी परेका छन्। यसले उनको चुनावी अभियानमा प्रत्यक्ष असर पर्ने पक्का छ। ट्रम्पको दक्षतामा असर पुर्‍याउने निश्चित छ।  

जुन दिन अर्थात् शुक्रबार साँझ उनको रिपब्लिकन पार्टीले फ्लोरिडा सहरमा चुनावी सभा आयोजना गर्ने भनेको थियो, त्यही दिन बिहान उनमा कोरोना संक्रमण पुष्टि भयो, जसले गर्दा त्यो कार्यक्रम रद्द भयो। यसैगरी यसपछि अन्य कार्यक्रम पनि स्थगित गरिएको रिपब्लिकन पार्टीले जनाएको छ।  

दुई उम्मेदवार ट्रम्प र बाइडेनबीच केही दिनअघि मात्र टेलिभिजनमा पहिलो बहस भएको थियो। उनीहरूबीच अर्काे बहस यही अक्टोबर १५ मा हुँदै छ। राष्ट्रपति ट्रम्प १० दिन मात्र क्वारेन्टिनमा बस्न पर्यो भने त्यसमा सहभागी हुन सक्नेछन्। नत्र सक्दैनन्।  

कि ट्रम्पले चुनावको मिति नै सार्लान् त? अहिले यो प्रश्न पनि उठेको छ।  

तर अमेरिकाको कानुनअनुसार त्यहाँ राष्ट्रपतिको चुनाव हरेक ४ वर्षमा नोभेम्बरको पहिलो सोमबारपछि मंगलबार हुन्छ। यस हिसाबले यसपटकको चुनाव आगामी नोभेम्बर ३ तारिखमा हुने छ।

जानकारका अनुसार निर्वाचनको मिति सार्न परेका खण्डमा त्यसको निर्णय संसदले गर्नेछ, राष्ट्रपति डोनाल्ड ट्रम्पले होइन।

चुनावको मिति परिवर्तन गर्न संसदका दुवै सभामा स्पष्ट बहुमत हुन आवश्यक छ। यसको अर्थ संसदका दुवै सभाले यसमा सहमति जनाउन जरुरी हुन्छ। जुन सम्भव देखिँदैन। किनकि प्रतिनिधि सभाको तल्लो सदनमा डेमेक्रेटिक पार्टीको बहुमत छ र जसले यसअघि नै कुनै हालतमा चुनावको मिति नसार्ने बताइसकेको छ। बिबिसी

प्रकाशित: १७ आश्विन २०७७ ०८:०५ शनिबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App