अस्ट्रेलियाले आफूले निर्माण गरिरहेको कोरोनाविरुद्धको खोपको परीक्षण सफल भए यो आफ्ना नागरिकलाई निःशुल्क उपलब्ध गराउने घोषणा गरेको छ । साथै खोप देशभर अनिवार्य गरिने पनि अस्ट्रेलियाली सरकारले जनाएको छ ।
अस्ट्रेलियाका प्रधानमन्त्री स्कट मौरिसनले भने, ‘यो खोपको परीक्षण सफल भयो भने त्यसको उत्पादन र आपूर्ति गरेर अढाई करोड अस्ट्रेलियालीलाई निस्शुल्क उपलब्ध गराउने छौं ।’
यसका लागि एक्स्ट्राजेनेकासँग सम्झौता भइसकेको जानकारी दिएका छन् । एक्स्ट्राजेनेकाले अक्सफोर्ड युनिभर्सिटीसँग मिलेर खोप बनाइरहेको छ ।
खोप अहिले तेस्रो चरणको परीक्षणमा छ र जसको नतिजा चाँडै आउने अपेक्षा गरिएको छ ।
अहिले अस्ट्रेलियामा कोरोना भाइरसका सात हजारभन्दा धेरै निको हुन बाँकी संक्रमित छन् । केही दिनयता बिस्तारै अस्ट्रेलियामा कोरोना भाइरसको संक्रमण घट्दो क्रममा देखिएको छ । बिबिसीबाट
प्रकाशित: ३ भाद्र २०७७ ०९:०९ बुधबार