भारतको अयोध्यास्थित ‘राम जन्मभूमि’का पुजारी र १६ सुरक्षाकर्मीलाई कोरोना संक्रमण भएको छ ।
बिबिसी हिन्दीका अनुसार राम मन्दिरका मुख्य पुजारी आचार्य सत्येन्द्र दासका चेला प्रदीप दास र त्यहाँ सुरक्षामा खटिएका १६ प्रहरीलाई कोरोना संक्रमण भएको हाे ।
आगामी अगस्ट ५ का लागि भूमि पूजा गर्ने कार्यक्रम तय गरिएको छ, जसमा भारतीय प्रधानमन्त्री नरेन्द्र मोदी पनि सहभागी हुने कार्यक्रम छ ।
प्रकाशित: १५ श्रावण २०७७ १०:०५ बिहीबार