१२ मंसिर २०८१ बुधबार
image/svg+xml
अन्तर्राष्ट्रिय

साउदी राजाद्वारा अस्पतालबाटै मन्त्रिपरिषदको अध्यक्षता

बिरामी भएर अस्पतालमा उपचार गरारहेका साउदी अरेबियाका राजा सल्मानले मंगलबार साँझ अस्पतालबाटै भर्चुअल माध्यमबाट मन्त्रिपरिषदको अध्यक्षता गरेका छन् । साउदी प्रेस एजेन्सी (एसपिए) का अनुसार साउदी राजा पित्तथैली सुन्निएपछि गत सोमबार किङ फैजल विशिष्टीकृत अस्पतालमा भर्ना भएका थिए । राजा सल्मानका लागि अस्पतालमा विशेष कक्षको व्यवस्था पनि गरिएको छ जहाँ भर्चुअल बैठकका लागि आवश्यक विद्युतीय सामग्रीहरुको प्रबन्ध गरिएको छ ।

राजा सल्मानले आफ्नो स्वास्थ्यप्रति सदभाव दर्शाउने सबैप्रति आभार प्रकट गरेको पनि एसपिएले जनाएको छ । मन्त्रिपरिषद बैठकमा मक्कामा हुने आगामी हज तिर्थयात्राको व्यवस्थापनका बारेमा छलफल भएको थियो । कोरोना भाइरस महामारीका कारण यस वर्ष हज तिर्थयात्रामा सहभागी हुनेहरुको संख्यामा व्यापक कटौती गरिएको छ ।

साउदी अधिकारीहरुले साउदी अरेबिया निवासी करिब एक हजार व्यक्तिलाई मात्र मक्का प्रवेशको अनुमति दिइने यसअघि प्रस्ताव गरेका थिए । तर हाल यसमा संशोधन गरी करिब १० हजारलाई हजको अनुमति दिइन लागेको साउदी संचार माध्यमहरुले जनाएका छन् ।

विगतमा विश्वभरबाट हरेक वर्ष करिब २५ लाख व्यक्तिले मक्कामा हज गर्ने गरेका थिए ।

प्रकाशित: ७ श्रावण २०७७ ०८:०६ बुधबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App