८ मंसिर २०८१ शनिबार
image/svg+xml
अन्तर्राष्ट्रिय

भारतका रक्षामन्त्री राजनाथ सिंह रुस प्रस्थान

भारतका रक्षामन्त्री राजनाथ सिंह सोमबार रुस प्रस्थान गरेको भारतीय सञ्चारमाध्यमहरुले जनाएका छन्। भारतीय सञ्चारका अनुसार रुससँग प्रतिरक्षाका विषयमा आवश्यक छलफल गर्नका लागि उनी त्यसतर्फ प्रस्थान गरेको बताइएको छ।  

उनी तीन दिने भ्रमणका लागि आज त्यसतर्फ प्रस्थान गरेका हुन्। उनी रुसको राजधानी मस्कोमा आयोजना हुने दोस्रो विश्व युद्धमा रुसले जर्मनीको नाजी सरकारमाथि विजय गरेको अवसरमा आयोजना हुने सैनिक परेडमा पनि सहभागी हुने बताइएको छ।  

हालैमा चीन र भारतको सीमा क्षेत्र लद्दाखको गलवानमा चिनियाँ सेनाको आक्रमणमा २० जना भारतीय सैनिक माारिएका थिए।  चीन र भारतबीचको यो विवादपछि भारतका रक्षामन्त्री सिंहको यो भ्रमण हुन लागेको छ। आफू रुसमा रहँदा त्यहाँका रक्षामन्त्रीसँग प्रतिरक्षा विषयमा वार्ता हुने जानकारी सिंहले दिएका छन्।

प्रकाशित: ८ असार २०७७ ०८:१५ सोमबार

राजनाथ सिंह