१० आश्विन २०८१ बिहीबार
image/svg+xml
अन्तर्राष्ट्रिय

भारतमा एकैदिनमा झण्डै १० हजार संक्रमित, २७९ को मृत्यु

भारतमा कोरोनाभाइरसका कारण एकैदिनमा करिब दश हजार जना संक्रमित भएका छन्। सरकारी अधिकारीहरुले बिहीबार दिएको जानकारीअनुसार पछिल्लो २४ घण्टामा भारतमा ९ हजार ९९६ जना संक्रमित भएको पुष्टि भएको हो।  

योसँगै भारतमा कुल संक्रमितको संख्या २ लाख ८६ हजार ५७९ पुगेको पनि स्वास्थ्य अधिकारीहरुले जानकारी दिएका छन्। भारतको केन्द्रीय स्वास्थ्य तथा परिवार कल्याण मन्त्रालयले पछिल्लो २४ घण्टामा ३५७ जनाको मृत्यु भएको जनाएको छ। योसँगै भारतमा अहिलेसम्म कोरोनाका कारण मृत्यु भएकाहरुको संख्या ८ हजार १०२ पुगेको छ।

भारतमा अहिले पनि १ लाख ३७ हजार ४४८ जना संक्रमित अवस्थामै रहेका छन् भने सङ्क्रमण मुक्त भएकाहरुको संख्या १ लाख ४१ हजार २९ रहेको मन्त्रालयले जनाएको छ। कोरानाभाइरसको संक्रमण भारतमा सवैभन्दा धेरै महाराष्ट्र प्रदेशमा देखिदै आएको छ। महाराष्ट्रमा मात्रै बिहीबारसम्म ९४ हजार ४१ जना संक्रमित भएका छन्।

दोस्रो स्थानमा तमिलनाडु प्रदेश रहेको छ। यहाँ ३६ हजार ८४१ जना सङ्क्रमित रहेका छन्। यसैगरी दिल्ली राज्यमा ३२ हजार ८१० जना संक्रमित रहेका छन्।

प्रकाशित: २९ जेष्ठ २०७७ ०६:३१ बिहीबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App