९ मंसिर २०८१ आइतबार
image/svg+xml
अन्तर्राष्ट्रिय

चाराे नपाएर अफगानिस्थानमा एक हजारभन्दा बढी परेवा मरे

लकडाउनका कारण चाराे नपाएर अफगानिस्थानमा एक हजारभन्दा बढी परेवा मरेका छन्।  मजाक ए शरीफको प्रसिद्ध नीली मस्जिदमा पालेका परेवा खानेकुरा नपाएर मरेका हुन्। कोरोना भाइरसका कारण गरिएको लकडाउनका कारण यो मस्जिद बन्द गरिएको थियो।  

स्थानीय स्वास्थ्यकर्मीले मरेका परेवा मस्जिदबाट हटाएका छन्। यो सेतो परेवा मस्जिद परिसरमा बस्थे । यिनीहरुलाई मस्जिद प्रशासनले दाना पानीको व्यवस्था गर्ने गरेको थियो।

कोरोना भाइरसको संक्रमणभन्दा पहिला यहाँ दैनिक हजारौँको संख्यामा दर्शनार्थी आउने गरेका थिए, उनीहरुले नै परेवालाई चारा दिने गर्दथे। लकडाउनका कारण दर्शनार्थीलाई प्रवेश रोक गरिएको र मस्जिद प्रशासनले पनि परेवालाई चारा नदिएपछि ती परेवा मरेको बताइएको छ।

एक हजारभन्दाबढी परेवा मरेको घटनापछि स्थानीय जनताले परेवाहरुलाई दाना खुवाउँने व्यवस्था गरेका छन्।  

परेवा मरेको घटनालाई लिएर स्थानीय जनताहरुले हज तथा धार्मिक मामला मन्त्रालयलाई जानकारी गराएका छन्।

प्रकाशित: २८ जेष्ठ २०७७ ०७:४६ बुधबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App