१६ वैशाख २०८१ आइतबार
image/svg+xml
अन्तर्राष्ट्रिय

वर्षाका कारण रुवान्डामा ५३ को मृत्यु

किगाली – वर्षाका कारण रुवान्डामा यस वर्ष अहिलेसम्म ५३ को मृत्यु भएको छ। आपत व्यवस्थापन मन्त्रालयका अनुसार वर्षा र वर्षापछि घटनामा परी यस अवधिमा अरु ८४ जना घाइते भएका छन्।

मन्त्रालयका अनुसार गत फेब्रुअरी २ र ३ गते परेको वर्षाका कारण १३ जनाको ज्यान गएको थियो भने २ घाइते भएका थिए। यस्तै, १५ घर क्षतिग्रस्त भएका थिए। मन्त्रालयका अनुसार वर्षाका कारण आठ सय ५८ वटा घर, एक सय ९६ हेक्टर जमिनको खेतीपाती, २३ वटा सडक, १७ वटा पुल र आठ वटा चर्चमा क्षति पुगेको छ। वर्षासँगै परेको चट्याङ, बाढी र आँधीका कारण यो क्षति भएको अधिकारीले जनाएका छन्।

रुवाण्डाको मौसम विज्ञान विभागका आधिकारीले अहिले पनि देशका केही भागमा मौसम गडबड भइरहेको र यो क्रम आउँदो जुनसम्म जारी रहने बताएका छन्। मन्त्रालयको तथ्यांक अनुसार वर्षा तथा यस्ता घटनाका कारण गत वर्ष सय जनाभन्दा बढीको मृत्यु भएको थियो भने दुई सय ३० भन्दा बढी घाइते भएका थिए। त्यसैगरी पाँच हजार घर क्षतिग्रस्त भएका थिए भने नौ हजार हेक्टर क्षेत्रफलमा लगाइएको बालीनालीको नोक्सान भएको थियो।

प्रकाशित: २५ फाल्गुन २०७६ ०२:४३ आइतबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App