२२ आश्विन २०८१ मंगलबार
image/svg+xml
अन्तर्राष्ट्रिय

राष्ट्रसंघका पूर्वमहासचिवको निधन

लिमा – संयुक्त राष्ट्रसंघका पूर्वमहासचिव एवं पेरुका पूर्वप्रधानमन्त्री ह्याभिर पेरेज द क्वेलरको सय वर्षको उमेरमा निधन भएको छ। पेरुको राजधानी लिमास्थित आफ्नै निवासमा उनको निधन भएको हो।

दुई कार्यकाल राष्ट्रसंघको महासचिव भएका क्वेलरले दक्षिण अमेरिका, अफ्रिका, एसिया र मध्यपूर्वका देशहरूमा शान्ति सम्झौताहरू गराउन महŒवपूर्ण भूमिका निर्वाह गरेका थिए। उनकै कार्यकालमा इरान र इराकबीच झण्डै आठ वर्षको सशस्त्र द्वन्द्व अन्त्य गर्ने उपायस्वरूप दुवै मुलुकबीच सन् १९८८ मा युद्धविराम भएको थियो।

राष्ट्रसंघका महासचिव एन्टोनियो गुटेरेसले विज्ञप्ति प्रकाशन गरी पूर्वमहासचिव क्वेलरको निधनको खबरबाट आफू अत्यन्त दुःखित भएको बताए। ‘उहाँ परिपक्व राजनेता, निष्ठावान कूटनीतिज्ञ हुनुहुन्थ्यो। उहाँले देखाएको बाटो र प्रभाव राष्ट्रसंघमा अद्यापी अनुभव गर्न सकिन्छ,’ विज्ञप्तिमा भनिएको छ।

पेरुका राष्ट्रपति मार्टिन भिजकाराले ट्विट गर्दै पूर्वप्रधानमन्त्री क्वेलर प्रतिबद्ध लोकतन्त्रवादी रहेको र उनको प्रतिभाका कारण पेरु विश्वभर चिनिएको बताएका छन्।

प्रकाशित: २३ फाल्गुन २०७६ ०१:२६ शुक्रबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App