५ आश्विन २०८१ शनिबार
image/svg+xml
अन्तर्राष्ट्रिय

हाइटीमा बालगृहमा आगलागी, १५ बालबालिकाको मृत्यु

मेक्सिको सिटी- अनाथ बालबालिकाहरुलाई राखिएको बालगृहमा भएको आगलागीमा परी हाइटीमा १५ बालबालिकाको मृत्युृ भएको छ। हाइटीको राजधानी पोर्ट औ प्रिन्सनजिकै रहेको बालगृहमा आगलागी भएको अधिकारीहरुले शुक्रबार जानकारी दिएका छन्।

मृत्यु भएका मध्ये दुई जना पूर्ण रुपमा जलेका छन्। त्यस बाहेक अरु १३ जना भने घर भित्रै थुनिएर श्वासप्रश्वास अवरुद्ध भई मृत्यु भएको छ। घटनामा परी अरु केही घाइते भएका छन्। उनीहरुको अवस्था गम्भीर रहेको अधिकारीहरुले बताएका छन्। उनीहरुको स्थानीय अस्पतालमा उपचार भइरहेको छ। घाइतेहरुको श्वासप्रस्वासमा समस्या रहेको पाइएको छ ।

आगलागी बालगृहको पहिलो तलबाट सुरु भएको थियो । बालगृहमा ६६ जना बालबालिका रहेको थिए। सिन्ह्वा

प्रकाशित: ३ फाल्गुन २०७६ ०८:४१ शनिबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App