११ मंसिर २०८१ मंगलबार
image/svg+xml
अन्तर्राष्ट्रिय

रुसमा आवासीय भवनमा आगलागी, एघारको मृत्यु

मस्को- रुसको तोमस्क क्षेत्रको प्रिचुलुमाकी गाउँको एक आवासीय भवनमा भएको आगलागीमा परी कम्तीमा एघार व्यक्तिको मृत्यु भएको स्थानीय सञ्चार माध्यमले जनाएका छन्।

स्थानीय समयानुसार मङ्गलबार बिहान ७ बजे भएको यस घटनाका पीडित एघार व्यक्तिको शव निकालिएको आपतकालीन मन्त्रालयले जारी गरेको विज्ञप्तिमा उल्लेख छ।

काठले बनेको यस भवन मङ्गलबार आगलागी भएको र अन्य दुई जना भाग्न सफल भएका थिए।

आगलागीको कारण आपराधिक हो वा होइन भन्ने विषयमा अनुसन्धान भइरेहको आपतकालीन मन्त्रालयले जनाएको छ। सिन्ह्वा

प्रकाशित: ७ माघ २०७६ ०७:५० मंगलबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App