११ मंसिर २०८१ मंगलबार
image/svg+xml
अन्तर्राष्ट्रिय

अष्ट्रेलियामा आगलागीका कारण मृत्यु हुनेको संख्या २७ पुग्यो

क्यानर्बेरा- अष्ट्रेलियाका प्रधानमन्त्री स्कट मोरिसनले देशमा भइरहेको आगलागीका कारण मृत्यु हुनेको संख्या २७ पुगेको बताएका छन्। संसद भवनमा बिहीबार आयोजित पत्रकार सम्मेलनमा प्रधानमन्त्री मोरिसनले यो पछिल्लो विवरण सार्वजनिक गरेका हुन्।

उनका अनुसार आगलागीका कारण २१ सय ३१ घरहरु क्षतिग्रस्त भएका छन् भने मृत्यु हुनेको संख्या अझ बढी हुन सक्ने अनुमान गरिएको छ।

अष्ट्रेलियाको दक्षिणपूर्वी क्षेत्रको जंगलमा ठूलो आगलागी भएको छ तापक्रम बढेर अत्यधिक गर्मी हुँदै गएको र तातो हावा चलेको अधिकारीहरुले जनाएका छन्।

'यो भन्दा धेरै क्षति हुन नदिनका लागि हामीले प्रयास जारी राखेका छौ, विषेश गरेर मृत्यु हुनेको संख्या नबढोस् भन्ने तर्फ हाम्रो विषेश ध्यान रहेको छ,' प्रधानमन्त्री मोरिसनले भने। उनले आगलागी नियन्त्रण गर्न र थप क्षति हुन नदिन सबैले आ–आफ्नो ठाँउबाट भूमिका खेल्न तथा उद्धारकर्ताहरुलाई सहयोग गर्न पनि आग्रह गरेका हुन्।

प्रधानमन्त्री मोरिसनले अष्ट्रेलिया संकटमा परेको बेला सहयोग उपलब्ध गराएका सबै सहयोगलाई धन्यवाद ज्ञापन पनि गरेका छन्।  

अष्ट्रेलियामा भइरहेको आगलागीका उत्पन्न धुँवा देशका विभिन्न ठाउँमा फैलिएको छ भने, अन्य मुलुकहरुसम्म पनि पुगेको छ। गत सेप्टेम्बरदेखि सुरु भएको आगलागी अष्ट्रेलियामा अहिले पनि जारी छ। सिन्ह्वा

प्रकाशित: २४ पुस २०७६ ०८:३३ बिहीबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App