२३ आश्विन २०८१ बुधबार
image/svg+xml
अन्तर्राष्ट्रिय

न्युजिल्यान्डमा भूकम्प, हजारौं विस्थापित

विलिङ्टन – न्युजिल्यान्डमा आइतबार बिहान ५.९ म्याग्निच्युडको भूकम्प गएको छ। देशको उत्तरी क्षेत्रमा आएको भूकम्पपछि हजाराैं व्यक्ति विस्थापित भएका छन्। स्थानीय अधिकारीले दिएको जानकारीअनुसार भूकम्पपछि आइतबार मध्याह्नसम्ममा पाँच हजार भन्दा बढी विस्थापित भएका छन्। भूकम्पका कारण कति जनाको मृत्यु भयो र अन्य के कति क्षति भयो भन्ने विवरण प्राप्त भइनसकेको अधिकारीले जनाएका छन्।

स्थानीय समयानुसार आइतबार बिहान ५ बजेर ३४ मिनेटमा भूकम्प गएको थियो। भूकम्प प्रभावित क्षेत्रमा खोजी तथा उद्धारकार्य जारी गरेको बताइएको छ। सुरुमा ५.३ म्याग्निच्युड र त्यसपछि सबै भन्दा ठूलो ५.९ म्याग्निच्युडको भूकम्प गएको अधिकारीहरुले बताएका छन्। सो भूकम्प केन्द्रविन्दु समुद्री सतहबाट एक सय १५ किलोमिटर तल रहेको जनाइएको छ।

 

प्रकाशित: ९ मंसिर २०७६ ०२:३९ सोमबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App