१२ मंसिर २०८१ बुधबार
image/svg+xml
अन्तर्राष्ट्रिय

पूर्वी चीनमा आगलागी, पाँचको मृत्यु तीन घाइते

file photo

हेफेइ, चीन- पूर्वी चीनको आन्हुइ प्रान्तमा अवस्थित एक भवनमा शुक्रबार बिहान भएको आगलागीमा परी पाँच व्यक्तिको मृत्यु हुनुको साथै अन्य तीन घाइते भएका छन्।

स्थानीय समयअनुसार शुक्रबार बिहान ५ बजेर ५७  मिनेटमा यस आवासीय भवनको पहिलो तल्लाका पसलहरू जल्नुको साथै  दोस्रो र  भुईको तल्लाको केही भागहरूमा आगो फैलिएको थियो।

सो आगलागीमा १ सय ५० वर्ग मिटरसम्म फैलिएको स्थानीय स्रोतले शुक्रबार जनाएको छ। आगालागी भएको बेला उक्त भवनभित्र २५ व्यक्ति रहेका थिए। ती मध्ये आठ जनालाई उपचारको लागि अस्पताल लगिएको थियो।

उपचारको क्रममा पाँचको मृत्यु भएको थियो। एक जनाको अति सघन कक्ष (आइसियु)मा राखेर उपचार भईरहेको र सामान्य रुपमा घाइते भएका दुई जना उपचारपछि घर फर्किएको जनाइएको छ।

स्थानीय समयानुसार शुक्रबार विहान ७ बजेर ५० मिनेटमा उक्त आगलागी नियन्त्रणमा लिइएको र आगलागीको कारण बारे  अनुसन्धान भइरहेको बताइएको छ। सिन्हवा

प्रकाशित: २९ कार्तिक २०७६ ०७:१५ शुक्रबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App