१५ वैशाख २०८१ शनिबार
image/svg+xml
अन्तर्राष्ट्रिय

सहायता रकम स्वीकार गर्न दबाब

अमेजन जंगलमा लागेको डढेलोको हवाइ तस्बिर। तस्बिर ः एजेन्सी

रियो दी जेनेरियो – अमेजन जंगलमा लागेको डढेलो नियन्त्रणका लागि ‘जी–सेभेन’ले प्रस्ताव गरेको आर्थिक सहायता स्वीकार गर्न राष्ट्रपति जायर बोल्सोनारोलाई दबाब परेको छ।  अमेजन डढेलोका कारण सबैभन्दा बढी प्रभावित भएका ब्राजिलका नौ राज्यका गभर्नरहरुले आगो पूर्ण रूपमा नियन्त्रणमा लिनका लागि वैदेशिक सहायता स्वीकार गर्न दबाब दिएको बिबिसीले उल्लेख गरेको छ। 

विश्वका सात शक्तिशाली अर्थतन्त्र भएका राष्ट्रहरुको समूह ‘जी–सेभेन’ले ब्राजिलको अमेजन जंगलमा लागेको डढेलो नियन्त्रणका लागि दुई करोड २० लाख अमेरिकी डलर सहयोग उपलब्ध गराउने घोषणा गरेको थियो।  तर सो घोषणा स्वतन्त्र राष्ट्रमाथिको ठाडो हस्तक्षेप भएको भन्दै ब्राजिली राष्ट्रपति बोल्सोनारोले सहयोग अस्वीर गर्ने घोषणा गरेका थिए।

गभर्नरहरुको दबाबपछि यसअघि ब्राजिल सरकारले विदेशी सहयोग नलिने भनेर गरेको घोषणाबाट केही पछि हटेको छ।  उसले आफैंले खर्च गर्न पाउने खालको वैदेशिक आर्थिक सहयोग स्वीकार गर्ने बताएको छ। 

उनले फ्रान्सका राष्ट्रपति इमानुएल म्याक्रोंले ब्राजिलमाथि अनावश्यक दबाद दिएको भन्दै सो सहयोग रकम अस्वीकार गर्ने बताएका थिए।  तर डढेलोबाट बढी प्रभावित ब्राजिलका नौ राज्यका गभर्नरसँग राष्ट्रपतिले गरेको छलफलका क्रममा उनीमाथि सो सहयोग रकम स्वीकार गर्न दबाब आएको बताइएको छ। 

गभर्नरहरुको दबाबपछि यसअघि ब्राजिल सरकारले विदेशी सहयोग नलिने भनेर गरेको घोषणाबाट केही पछि हटेको छ।  उसले आफैंले खर्च गर्न पाउने खालको वैदेशिक आर्थिक सहयोग स्वीकार गर्ने बताएको छ।  ब्राजिलको अमेजन जंगलमा सन् २०१० पछिकै सबैभन्दा ठूलो डढेलो लागेको छ, जुन कैयौं दिन भइसक्दा पनि पूर्ण रूपमा नियन्त्रणमा आउन सकेको छैन।  अमेजन जंगल विश्वको एक महत्वपूर्ण कार्बन स्टोर हो।  अमेजनको अत्यधिक वर्षा हुने जंगलको ६० प्रतिशत भूभाग ब्राजिलमा पर्छ।  बाँकी ५५ लाख वर्गकिलोमिटर जंगल दक्षिण अमेरिकामा पर्छ।  अमेजन क्षेत्रमा भएको डढेलोलाई लिएर विश्वभरका वैज्ञानिक, वातावरणविद् तथा वन्यजन्तुविद्ले चासो व्यक्त गरेपछि यसको चर्चा विश्वभर फैलिएको हो। 

अमेजन जंगलमा लागेको डढेलो हालसम्मकै भयावय भएको बारेका स्याटेलाइट तस्बिर सार्वजनिक भएका छन्।   अमेजन जंगलमा लागेको डढेलो नियन्त्रणका लागि परिचालित भइरहेका अग्निनियन्त्रण जहाजलाई आर्थिक सहायता प्रदान गर्न सहयोग उपलब्ध हुने बताइएको थियो।   ब्राजिलका राष्ट्रपति बोल्सोनारोले केही दिनअघि मात्रै अमेजन जंगलमा लागेको डढेलो नियन्त्रणका लागि आफ्नो सरकारसँग पर्याप्त स्रोतसाधन नभएको बताएका थिए। 

अन्तर्राष्ट्रिय रूपमा अमेजन जंगलमा लागेको डढेलोलाई लिएर चिन्ता व्यक्त भएपछि गत सोमबार समापन भएको विश्वका सात शक्तिशाली अर्थतन्त्र भएका राष्ट्रहरुको समूह ‘जी–सेभेन’को बैठकमा डढेलो नियन्त्रणका लागि दुई करोड २० लाख डलर उपलब्ध गराउने घोषणा गरेका थिए। 

‘जी–सेभेन’ शिखर बैठकको आयोजक राष्ट्र फ्रान्सका राष्ट्रपति इमानुएल म्याक्रोंले सो रकम तत्काल अग्निनियन्त्रण विमानलाई आगो निभाउनका लागि उपलब्ध गराउने बताएका थिए।  तर ब्राजिलका राष्ट्रपति बोल्सोनारोले ‘जी–सेभेन’ राष्ट्रले ब्राजिललाई उपनिवेश वा मानवविहीन राष्ट्रका रूपमा व्यवहार गरेको भन्दै सो रकम नलिने घोषणा गरेका थिए।  
क्यानडा, फ्रान्स, जर्मनी, इटाली, जापान, बेलायत र संयुक्त राज्य अमेरिकाको समूह ‘जी–सेभेन’को शिखर बैठक फ्रान्सको बियारिजमा सम्पन्न भएको थियो।

प्रकाशित: १२ भाद्र २०७६ ०२:०७ बिहीबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App