४ आश्विन २०८१ शुक्रबार
image/svg+xml
अन्तर्राष्ट्रिय

प्रेमीसँग मिलेर बाबुको हत्या, दमकल आएपछि बाहिरियो घटना

नयाँ दिल्ली - मोबाइल चलाउन प्रतिबन्ध लगाएपछि छोरीले प्रेमीसँग मिलेर आफ्नै बाबुको हत्या गरेकी छन्। बाबुले मोबाइल र इन्टरनेट चलाउन प्रतिबन्ध लाएपछि छोरीले आफ्नै बाबुको हत्या गरेकी हुन्। घटना भारत बैंलोरको हो।

१५ वर्षीया एक बालिका १८ वर्षीय किशोरसँग प्रेममा थिइन्। छोरीको प्रेम सम्बन्धबारे बाबुले थाहा पाएपछि उनले मोबाइल र इन्टरनेट प्रयोगमा प्रतिबन्ध लगाए। छोरीलाई मोबाइलमा लगाएको प्रतिबन्ध ती बाबुका लागि अभिषाप बन्यो। त्यसकै कारण उनले ज्यान गुमाए।

यसरी भयो हत्या
एक दिन ती बालिकाकी आमा र भाई आफन्तको विवाहमा गएका थिए। बुवा घरमा एक्लै भएको मौका पारेर ती बालिकाले १८ वर्षीय किशोरसँग मिलेर हत्याको योजना बनाइन्। भारतीय सञ्चार माध्यमका अनुसार बुवालाई दुधमा विष मिसाएर बेहोस बनाइन्। बुवा बेहोस भएपछि प्रेमीलाई बोलाइन् र दुबै मिलेर चक्कुले विभत्स हत्या गरे।

हत्यापछि शवलाई बाथरुममा जलाउन खोजे। तर बाथरुममा शव जलाउन खोज्दा घटना नै पर्दाफास भयो। बाथरुमबाट धुँवा निस्केको छिमेकीले देखेपछि उनीहरुले दमकल बोलाए। दमकल लिएर कर्मचारी आएपछि आफ्नै बाबुको लास जलाउन लागेको घटनाको पर्दाफास भयो। प्रहरीले उनीहरुलाई नियन्त्रणमा लिएको छ। प्रहरीलाई उनीहरुले दिएको बयानअनुसार तीन वर्षदेखि प्रेम सम्बन्धमा थिए।

प्रकाशित: ४ भाद्र २०७६ ११:१४ बुधबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App