१५ वैशाख २०८१ शनिबार
image/svg+xml
अन्तर्राष्ट्रिय

भारतकाे बजेटमा नेपाललाई १६ अर्ब बढीको अनुदान

काठमाडाैँ - भारतले नेपाललाई १६ अर्बको अनुदान दिने तयारी थालेको छ। आर्थिक वर्ष सन् २०१९/२० को बजेटमानेपाललाई १६ अर्ब बढीको अनुदान दिने गरी पेस भएको छ। नरेन्द्र मोदी सरकारको दोस्रो कार्यकालको पहिलो बजेटमा नेपाललाई दिइँदै आएको अनुदानमा वृद्धि गरिएको छ।

नेपालका लागि भारतले यो वर्ष १६ अर्ब ८० करोड रुपैयाँ अनुदान स्वरुप दिने भएको छ। सन् २०१८र१९ मा भारतले १२ अर्ब रुपैयाँ छुट्याएको थियो।

दक्षिण एसियामा भारतबाट अनुदान पाउनेमा नेपाल तेस्रो स्थानमा छ। पहिलो स्थानमा भने भुटान रहेको छ। भुटानका लागि भारतले ३४ अर्ब १६ करोड रुपैयाँ छुट्याएको छ। भारतकी प्रथम महिला अर्थमन्त्री निर्मला सीतारमणले त्यहाँको संसद् लोकसभामा शुक्रबार बजेट पेस गरेकी हुन्।  यस वर्षमा भारतले नेपाललाई दिने अनुदानमा ४० प्रतिशतले वृद्धि गरेको हो।

प्रकाशित: २१ असार २०७६ ०३:५१ शनिबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App