३० कार्तिक २०८१ शुक्रबार
image/svg+xml
अन्तर्राष्ट्रिय

सेल्फीको मजाक बनेपछि स्मृती इरानीकाे आक्राेश

नयाँ दिल्ली– भारतको केन्द्रीय मन्त्री स्मृती इरानीले इन्स्टाग्राममा राखेकाे छोरीसँगको सेल्फी उनकी छोरीको लुक्सका कारण मजाकको विषय बनेपछि आक्राेशित बनेकी  छिन्। छोरी जोइसको एक जना साथीले उक्त सेल्फीको मजाक उडाएका थिए।

छोरी हासोको पात्र बनेपछि स्मृती इरानीले उक्त सेल्फी इन्स्टाग्रामबाट डिलिट गरेकी थिइन्।  शुक्रवार एउटा पोष्ट अपडेट गर्दै सामाजिक सञ्जाल मार्फत रिस पोखेकी थिन्। उनले लेखेकी थिन्, ‘मैले हिजो मेरो छोरीको सेल्फी डिलिट गरिसके किनभने एउटा मुर्खले कक्षामा उसको मजाक उडाएको थियो। र उसले उक्त सेल्फीका कारण छोरीको मजाक उडाउन अरुलाई पनि उक्साइरहेको थियो। छोरीले सेल्फी डिलिट गर्न मलाई आग्रह गरेकी थिइन्। त्यसैले डिलिट गरे किनभने म छोरीको आँसु देख्न सक्दिन।’  

अहिले भारतमा सामाजिक संञ्जालमा यो विषय चर्चामा रहको छ।
 

 

प्रकाशित: ७ असार २०७६ ०९:५८ शनिबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App