१३ मंसिर २०८१ बिहीबार
image/svg+xml
अन्तर्राष्ट्रिय

चीनद्वारा सिरियालाई सय बस उपहार

दमास्कस – द्वन्द्वग्रस्त मध्यपूर्वी मुलुकको सार्वजनिक यातायात सेवा सुधारका लागि चीनले सिरियालाई सयवटा बस उपहार प्रदान गरेको छ। बिहीबार सिरियास्थित चिनियाँ राजदूतावासले एक विज्ञप्ति जारी गरी सिरियाली सहरी क्षेत्रको यातायात समस्यालाई सुधार गर्नका लागि सय वटा बस उपहारस्वरूप प्रदान गरिएको जानकारी गराएको हो। चीनले आफ्नो सहयोगले सिरियाको यातायातलाई व्यवस्थित गर्ने विश्वास लिएको छ।

सफा चउरमा लस्करै राखिएका हरिया बसको साँचो सिरियाका लागि चिनियाँ राजदूत फेङ विआओले एक कार्यक्रमबीच सिरियाली स्थानीय प्रशासन तथा वातावरणमन्त्री हुसेन माखलोफलाई हस्तान्तरण गरेका हुन्।

सहयोगपछि चीन सरकारलाई धन्यवाद दिँदै माखलोफले भने, ‘चीनले सार्वजनिक यातायात सुधारका लागि दिएको मूल्यवान उपहारलाई सही प्रयोग गर्दै सहरी यातायातमा देखिँदै आएका समस्यालाई व्यवस्थित गर्न दमास्कसको पहल रहने र आगामी दिनमा चीनले सिरियाको पुनः निर्माणका लागि थप सहयोग हुनेछ।’

सिरियामा भएको गृह युद्धसँगै विदेशी हस्तक्षेपका कारण झण्डै आधा जनसंख्या कुनै न कुनै रूपमा विस्थापित भएको छ भने करिब तीन लाख ५० हजार सिरियालीको ज्यान गएको छ। युद्धका कारण मुलुकका अधिकांश संरचनाहरू ध्वस्त भएका छन्।

 

प्रकाशित: ६ असार २०७६ ०२:२१ शुक्रबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App