न्यूयोर्क- आधुनिकताको विकाससंगै विश्व भरमा मोवाइल फोन प्रयोग गर्नेको संख्या अत्याधिक देख्न सकिन्छ। वर्तमान परिवेशमा मानिसले मोवाइल विना आफ्नो अस्तित्व नै गुमेको महशुस गर्न थाल्छन्। यही मोवाइलका कारण आजभोली मानिसले आफु सामाजिक प्राणी हुँ भन्ने कुरा नै विर्सिन थालेका छन्।
यस्तै मोवाइलको प्रयोग कम गराउनका लागि अमेरिकाको एउटा रेष्टुरेन्टले फ्रि मा पिज्जा दिदै आएको छ। मानिसमा मोवाइल फोनको लत हटाउने उद्देयकले क्यालिफोर्नियाको एक रेष्टुरेन्टले फ्रि मा पिज्जा दिने अफर ल्याएको हो। यसको लागि रेष्टुरेन्टमा आउने सबै ग्राकहरुले आफ्नो मोवाइल फोन रेष्टुरेन्ट कै लकरमा राख्नुपर्ने हुन्छ। र यसको बदलामा उनीहरुले फ्रि मा पिज्जा खान पाउने छन्। रेष्टुरेन्टका मालिकले भन्छन्, ‘यस्तो अफर दिनुको प्रमुख कारण भने कै मानिसलाई समूहमा बसाएर एकअर्कासंग कुराकानी गर्ने बानीको विकास गराउनु हो।’
कसले पाउँछन् यो अफर ?
यो अफर पाउनका लागि ग्राहकहरु समूहमा आउनु पर्दछ। अफरको शुरुवात करिब ३ हप्ता पहिलेदेखि भएको हो। हालसम्म कम्पनीले ५० भन्दा बढि ठूला पिज्जाहरु आफ्ना ग्राहकलाई दिइसकेको छ।
कम्पनिको स्किम अनुसार यो अफर पाउनका लागि ग्राहकले कम्तिमा पनि ४ जनाको समूहमा आउनु पर्छ। र आउनेहरु सबैसंग स्मार्ट फोन अनिवार्य रुपमा हुनु पर्नेछ। रेष्टुरेन्टको स्टाफले उनीहरुको स्मार्ट फोनलाई लकरमा राख्ने छन्। र यो भन्दा पहिले रेष्टुन्टले फोनको राम्रोसंग जाँच गर्नेछ ताकि अफरको फाइदा उठाउँदै विग्रेको फोन दिएर फ्रि मा पिज्जा खानका लागि बदमासी नगरुन्। यदि ग्राहकहरु दोस्रो पटक आएमा उनीहरुलाई २४ घन्टा पश्चात मात्र पिज्जा दिइनेछ।
अफर पछाडिको कथा यस्तो छ,
कम्पनिका सह–संस्थापक वीरेन्द्र माल्हीका अनुसार उनी आफ्नो बच्चाको अगाडि एउटा उदाहरण दिन चाहन्छन्। यसकारण उनी आपतकालिन स्थितीमा मात्र मोवाईल फोनको प्रयोग गर्ने गर्छन्। उनी भन्छन्, ‘मैले स्मार्ट फोनको लतबाट आफुलाई विस्तारै टाढा बनाउँदै छु र यस बिचमा मैले जस्तो अनुभव गरे त्यो म सबैसंग बाड्न चाहन्छु । उनीहरुलाई पनि प्रेरित गर्न चाहन्छु त्यसैले यस्तो अफरको सोच ल्याएको हुँ।’
प्रकाशित: २ असार २०७६ ०७:५५ सोमबार